
रोशन अधिकारी
काठमाडौ, माघ ७ - एनबी समूहले प्रवर्द्धन गरेका सबै बैंक र फाइनान्स कम्पनीले एकै हुने तयारी थालेका छन् । नेपाल बंगलादेश बैंक र नेपाल श्रीलंका मर्चेन्ट बैंकको मर्जरलाई केन्द्रीय बैंकले अनुमति दिएपछि नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी) सँग गाभिने तयारी भएको छ ।
चार वर्षघि बंगलादेश बैंक र एनबी फाइनान्स गाभिएका थिए । बंगलादेश र एनसिसी गाभिएपछि एनबी ग्रुपको लगानी भएका चार वित्तीय संस्थाको एउटै वाणिज्य बैंक बन्नेछ । 'दुवै बैंकको सञ्चालक समितिले मर्जरको प्रस्ताव पारित गरिसकेका छन्,' एनसिसीका अध्यक्ष पृथ्वीराज लिगलले भने, '६ सदस्यीय मर्जर समितिसमेत बनाइएको छ ।' लिगल एनसिसीका तर्फाट उक्त समितिमा प्रतिनिधि हुन् । उनीबाहेक तीर्थ प्रधान र गोविन्द पराजुली समितिमा छन् । बंगलादेश बैंकका तर्फाट लक्ष्मीबहादुर श्रेष्ठ, विष्णुराज अधिकारी र मोहम्मद लुतफर रहमान समितिमा छन् । र्
मर्जरकै प्रक्रियामा एनसिसी बैंकको वास्तविक वित्तीय अवस्था थाहा पाउन डिउ डिलिजेन्स अडिट (डिडिए) गर्न एक संस्थालाई काम दिइएको लिगलले बताए । संस्थालाई रिपोर्ट तयार गर्न ५० दिनको समय दिइएको छ । बंगलादेश बैंकले भने श्रीलंका मर्चेन्ट बैंकस“ग गाभिएपछि डिडिए रिपोर्ट तयार गर्ने भएको छ । बंगलादेश बैंकका निर्देशक लक्ष्मीबहादुर श्रेष्ठले फाइनान्सस“गको गाभिने प्रक्रिया सकिने बित्तिकै एनसिसीस“गको काम सुरु हुने बताए ।
दुवै बैंकको डिडिए रिपोर्ट तयार भइसकेपछि मर्जर समितिले भावी योजना तयार गर्नेछ । सेयर स्वामित्वदेखि पुँजी र सञ्चालक समितिको आकारबारे पूर्वयोजना बनाउनर्ुपर्छ । यसबाहेक कार्यरत कर्मचारी, उनीहरूको पद र अवकाशबारे पनि निर्णय गरिनुपर्छ ।
यसबाहेक विशेष साधारणसभाबाट दुवै बैंकले मर्जरलाई पारित गर्नुपर्छ । 'यसै आर्थिक वर्षभत्र दुवै बैंक गाभिनसक्ने योजना छ,' लिगलले भने । बजेटमा मर्जरका लागि विशेष योजना र प्रोत्साहन भएकाले धेरै वित्तीय संस्थाले यसबारे इच्छा देखाएको केन्द्रीय बैंकले जनाएको छ । 'मौद्रिक नीतिको मध्यावधि समीक्षामा समेत मर्जरलाई विशेष महत्त्व दिने केन्द्रीय बैंकको योजना छ,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks