Loving nepal news

Friday, January 7, 2011

चन्दा आतंकमा संलग्न लडाकु पक्राउ

चेतन अधिकारी चेतन अधिकारी दमक, पुस २४ - चन्दा आतंकमा संलग्न भएको आरोपमा तीन दिन यता प्रहरीले पाँचजना माआवादीका पूर्व लडाकुलाई पक्राउ गरेको छ ।
जनमुखी सेना नेपाल भूतपूर्व सैनिक एकता संघको नाममा उनीहरु भूमिगत रुपमा चन्दा संकलनमा सक्रिय रहेका थिए ।
अञ्चल प्रहरी कार्यलय मेचीका एसएसपी ण्रविराज श्रेष्ठका अनुसार शनिबार बिहान बालुबाडीका रोहन भन्ने मोहन राजवंसी पक्राउ परेका छन् । हिजो दिउसो इलाम पेल्टीमारीबाट सुमन तामाङ र सुरेन राई पक्राउ गरेको हो । दुईदिन अघि पूर्व लडाकुहरु सुरज टुडु र दिपेन कोइरालालाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरीका डिएसपी वसन्त थापाका अनुसार पूर्वका विभिन्न लुटपाटका घटनामा यो समूह सक्रिय रहेको छ । हालसम्मको अनुसन्धानले उनीहरु १० जनाको समूह रहेको प्रहरीले बताएको छ । पक्रउ परेकाहरुबाट केही हतियार समेत बरामद गरिएको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks