Loving nepal news

Thursday, January 6, 2011

अपहरणमा परेका भागेर बाँचे

कञ्चनपुर, पुस २३ - कञ्चनपुरको पिपलाडी–३ वनसाहाका २९ वर्षीय सञ्जय राना भागेर अपहरणमुक्त भएका छन् । भारतको खटिमाबाट अपहरणकारीलाई छलेरी उनी रातारात भागेर घर आइपुगेका हुन् ।

भारतबाटै मलेसियामा रोजगारीमा पठाइदिने भन्दै भारतको खटीमा चारुवेटा निवासी विक्रमसिं राना र रामविलासप्रसाद रानाले खटिमा पुर्याएर कुटपिट गर्दै सञ्जयसँग रु १० लाख फिरौती मागेका थिए ।

पुस १७ गते घरबाटै मोटरसाइकलमा खटिमा पुर्याइएका सञ्जयसँग अपहरणकारीहरुले घरमा आफन्तलाई फोन गरी फिरौती माग गरेका थिए ।

खटिमा पुर्याई कुटपिटपछि ट्याम्पुमा नाङ्गै राखेर हातखुट्टा बाँधी उखुबारीमा लुकाएको अवस्थामा पिसाब फेर्ने बहानामा दुई दिनअघि रातारात भागेर आएको रानाले बताए । रु १० लाख फिरौती वापतको रकम नदिए घरमा रहेका छोरी र श्रीमतीलाई मार्ने धम्की दिइएको थियो ।

अपहरण गर्नमा भारतको खटिमा र रुद्रपुरका व्यक्तिहरु रहेको रानाले बताए । उनका अनुसार अपहरण गरी यातना दिने कार्यमा संलग्न रामविलास, विक्रम, जयप्रसाद पारथसिं र मोहनप्रसाद राना रहेका छन् ।

'घरमा बारम्बार धम्की आउन थालेकाले पूरै परिवार त्रसित अवस्थामा छौं' सञ्जयले भने । यसबारे उनले इलाका प्रहरी कार्यालय झलारीमा जानकारी दिएको बताए । प्रहरीले यसबारे अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ । रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks