Loving nepal news

Wednesday, January 5, 2011

पूर्व लडाकु हतियार सहित पक्राउ

पर्वत पोर्तेल

काँकडभिट्टा, पुस २२ - माओवादीका एक जना पूर्व लडाकुलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

व्यापारीहरुलाई चिठी पठाएर चन्दा संकलन कार्यमा संलग्न झापाको पाँचगाछी ९ का सुरज टुडुलाई दक्षिण झापाको शिवगन्ज प्रहरीले वुधवार पक्राउ गरेको हो । प्रहरीले उनको घरमा खानतलासी गर्ने क्रममा चाइनिज र इटलियन पेस्तोल १/१ थान तथा त्यसमा लाग्ने करिव ११ राउण्ड गोली वरामद गरेको छ ।

पक्राउ गरी झिलझिले प्रहरी चौकीमा अनुसन्धान गर्दा उनी पुर्व लडाकु भएको खुलेको झापाका प्रहरी नायव उपरीक्षक वसन्त थापाले कान्तिपुरलाई जानकारी दिए । ०६५ सालमा उनले जनसेना छाडेको बुझिएको प्रहरीले जनायो ।

अयोग्य लडाकुहरुले एउटा छुटै भुमिगत संगठन स्थापना गरेर झापामा चन्दा चिठा र धम्की जस्ता गतिविधि गरिरहेको प्रहरीले दावी गरेको छ । पक्राउ परेका टुडुको साथबाट प्रहरीले 'जनमुक्ति सेना नेपाल भुपु सैनिक संगठन' अंकित लेटर प्याड पनि वरामद गरेको जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks