निर्मल श्रेष्ठ
हङकङ, पुस १९ - हङकङ- के नयाँ वर्ष, के क्रिसमस, के ल्होसार, के साकेला, चाहिन्छ केवल रमाइलो गर्ने बहाना । विश्व नै २०११ को उमंगमा रमाइरहेका बेला आफू मात्रै पछि पर्ने कुरै थिएन । नयाँ वर्षको पहिलो दिन यहाँ आयोजित 'न्यु इयर धमाका' कन्सर्ट हङकङेली नेपालीहरूलाई मनोरञ्जन गर्ने राम्रै निहुँ बन्यो । हङकङमा नाम चलेका गायक र डान्सरहरूसहित नयाँ-पुराना अधिकांश कलाकारको सहभागिताले कार्यक्रममा बेग्लै आकर्षण थपिएको थियो । बेली डान्समा उपाधि हात पारेकी चिनियाँ डान्सरको नृत्यले शनिबारे साँझलाई साँच्चिकै धमाका मच्चायो ।
चाँदनीमा बग्छ खोलो
सलबलाई बग्छ पानी...
करिब दुई दशकअघि नागेन्द्र श्रेष्ठले गाएको यस गीतले कुनै जमानामा नेपाली बजार पिटेको थियो । उनै गायकले याउ मा तेईस्थित हेनरी जी लियोङ हलमा त्यही गीत गाउँदा पुरानो याद ताजा बन्यो । भीडमा गायकसँगै गुनगुनाउने थुप्रै सुनिए । हालैको 'भ्वाइस अफ पोखरेली झ्याल' का विजेता टोपराज तामाङले दीपक बज्राचार्यको उही चर्चित गीत 'मायाको डोरी...' गाए । गत वर्षका विजेता सन्तोष गुरुङले भने सुनील बर्देवाको गीत रोजे । ५० कलाकार सहभागी कार्यक्रममा दर्जनभन्दा बढी त गायक थिए । अधिकांशले दोहोर्याएर गाउने मौका पाएनन् । कुनै जमानामा नेपाली सांगीतिक फाँटका चल्तीका गायक तथा संगीतकार दिनेश सुब्बा, गणेश पराजुली समेतले नयाँ वर्षे माहौल तताउन राम्रै सघाए ।
रोसेली यङ (बाया तस्बिर) को मादक बेली नृत्यले भने बेग्लै छाप छाड्यो । संगीतको चर्को धुनमा उनको कामोत्तेजक नृत्यले दर्शक जुरुकजुरुक पार्यो । ताइवान अन्तर्राष्ट्रिय बेली नृत्य प्रतियोगिताकी विजेता यङ जब बारुले कम्मर मर्काउँदै दर्शकदीर्घामै ओर्लिन्, रोमान्च झन् फैलियो । नाच्दै उनले आधा दर्जन युवालाई पछ्यौरीमा बाँधी स्टेजमै पुर्याइन् । कतिपय उनको सिको गर्दै नाचे । उनीपछि अर्को चिनियाँ समूहले प्रस्तुत गरेको त्यही शैलीको डान्स भने अपेक्षित रूपमा जम्न सकेन ।
अब पालो थियो इन्स्ट्रुमेन्टको । हरि श्रेष्ठको समूहले गिटार र ड्रमसेटमा तबलाको धुन घोली प्रस्तुत गरेको फ्युजनले हङकङेलीमाझ नौलो स्वाद प्रस्तुत गर्यो ।
करिब तीन घन्टा चलेको कन्सर्टमा नारायण गोपालदेखि उनकै पदचाप पछ्याएका रामकृष्ण ढकालसम्मका गीत समेत गाइए । चेतमान गुरुङले नववर्षे साँझमा 'पे्रयसीका यादहरू...' गाएर पाका दर्शकहरूको वाहवाही बटुले । गणेश न्यौपानेले 'ओराली लागेको हरिणको चाल भो...' सुनाए । रोसा लिम्बू, मोहन बीके, मनीष रायको गायन र सुकु लिम्बू, सुपि्रया राना लगायतको नृत्यले समेत नयाँ वर्षलाई ताजै बनाइरहन सघायो ।

No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks