Loving nepal news

Tuesday, December 14, 2010

पारसलाई सार्वजनिक अपराधमा तीन दिन म्याद थप

चितवन, मंसिर २९ - पूर्वयुवराज पारस शाहमाथि केही सार्वजनिक अपराधमा मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गर्न तीन दिनको म्याद दिएको छ । प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमका अनुसार मंगलबारदेखि लागु हुनेगरी म्याद थप गरिएको हो । यस प्रकृतिको मुद्दामा यो अधिकतम म्याद हो । प्रहरीले थप अनुसन्धानका लागि समय माग गरेपछि प्रशासनले म्याद दिएको हो । पारसलाई थप दुई दिन हिरासतमै राखेर अनुसन्धान गरिने छ ।

गौतमका अनुसार यस अवधिमा जुनसुकै बेला मुद्दाको छिनोफानो हुनसक्छ । उनले आजै अबेर सम्म परासलाई जिल्ला प्रशासनमा उपस्थित गराउन सकिने संकेत गरे । 'मुद्दा छिटो टुंग्याउने कोसिश गरिरहेका छौ,' उनले भने ।

प्रहरीले चलाएको मुद्दामा वारेश लाग्ने जनाउदै उनले बयान दिने व्यक्ति आफैले मुद्दामा हस्ताक्ष्रर गरेकाले नचाहिने बताए । पारसमाथि ज्यान मार्ने उद्योग, हतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउने भनिएपनि अन्तमा सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको छ । सरकारी वकिलले मंगलबार राति पारससित बयान लिएको थियो । बुधबार बिहान प्रमुख जिल्ला अधिकारीले पारसलाई भेटेका थिए । तर, उनले आन्तरिक कामका लागि तालिम केन्द्र गएको बताए ।

पारसलाई मंगलबार पोखरामा पक्राउ गरी हेलिकप्टरबाट चितवन ल्याइएको थियो । शनिबार राती उनले उप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइ रुवेल चौधरीसंग भएको विवाद पछि पेस्तोलबाट गोली चलाएका थिए ।



दीपेन्द्र बडुवाल

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks