
कान्तिपुर संवाददाता
काठमाडौ, मंसिर २९ - एयर अरेबियालाई दिएको पाँचौं स्वतन्त्रता सम्बन्धी उडान अनुमति तत्काल रद्द गर्न माग गर्दै नेपाल वायुसेवा निगमका कर्मचरीहरूको संयुक्त ट्रेड युनियन समितिले बुधबार आफ्नो मातहतका सम्पूर्ण आन्तरिक उडान ठप्प पारेको छ ।
सरकारले एयर अरेबियालाई सारजहाँ-काठमाडौं-क्वालालम्पुर उडान भर्न दिएको अनुमति गैर कानुनी र राष्ट्रघाती भएको भन्दै त्यसको बिरोधमा कर्मचारीले काम ठप्प पारेका हुन् । निगम कर्मचारी संघका अध्यक्ष तारणी दाहालले व्यवस्थापनका उपनिर्देशक देखि नायब महाप्रबन्धक सम्मका कर्मचारीलाई कार्यालय प्रबेश निषेध गरी आन्दोलनमा सहभागी गराईने बताए । तेस्रो पक्षलाई अनुमति उडान दिंदा निगमको पूर्व स्वीकृती लिनुपर्ने नेपाल वायुसेवा निगमको ऐनमा भएको प्रावधानलाई बेवास्ता गर्दै सरकारले एयर अरेबियालाई उडान अनुमति दिएको कर्मचारीको दाबी छ ।
यता व्यवस्थापिका संसद्को मानवता अधिकार तथा अन्तर्राष्ट्रिय सम्बन्धन समितिले पर्यटन मन्त्रालयलाई एयर अरेबियालाई दिएको अनुमति उडान रद्द गर्न निर्देशन दिईसकेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks