Loving nepal news

Saturday, December 11, 2010

राप्रपा नेपालद्वारा आयल निगम घेराउ


कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर २६ - पेट्रोलिय पदार्थको मूल्यवृद्धिको विरोध गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी(नेपाल)ले आइतबार बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्नुका साथै प्रदर्शन गरेको छ ।

बिहान ८ बजेदेखि नै राप्रपाका कार्यकर्ता तथा समर्थकहरु आयल निगम अगाडि जम्मा भएर मूल्यवृद्धिको विरोधमा नारावाजी गर्दै निगम घेराउ गरेको छ । घेराउका कारण निगमको कामकाज प्रभावित भएको छ । यसअघि पनि राप्रपाले निगम घेराउ गरेको थियो । घेराउको नेतृत्व पार्टी अध्यक्ष कमल थापाले गरेका छन् ।

निगमले गत साता खाना पकाउने ग्यास प्रति सिलिण्डरमा ७५ रुपैयाँ,पेट्रोल,डिजेल,मट्टतिेलमा प्रति लिटर ३/३ रुपैयाँका दरले भाउ बढाएको थियो । मूल्यवृद्धिको धेरै पक्षले बिरोध गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks