निजगढ (बारा), पुस २ - माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले आउँदो पाँच महिनाभित्र मुलुकको नयाँ संविधान नबने मुलुकको शासन व्यवस्था राष्ट्रपति र सेनाले लिन सक्ने बताएका छन् । समयमै शान्ति र संविधान निर्माणका लागि सहमतीय प्रणाली अनुसार राष्ट्रिय सहमतिको संयुक्त सरकार बन्नुपर्ने उनले बताए ।
बाराको रतनपुरी गाविसमा उच्च मावि स्थापनाका लागि नेरामाविद्वारा आयोजित सप्ताह व्यापी धन्याञ्चल महायज्ञको बिहीबार उदघाटन गर्दै उपाध्यक्ष डा. भटटराईले यस्तो बताएका हुन् । 'शान्ति र संविधान समयमा निर्माण नभए मुलुकको शासन राष्ट्रपति र सेनाले लिनेछ' उनले भने, जुन दुर्भाग्य हुनेछ ।'
प्रधानमन्त्री चयनका लागि १६ औं पटक संसदमा चुनाव भएपनि प्रधानमन्त्री चयन हुन नसक्नु हाँस्यस्पद र लोकतन्त्रको ठाडो उपहास भएकोले आफ्नो पार्टीले सहमतीय प्रणाली मार्फत मुलुकको निकास खोज्ने कुरामा दलहरुसंग आग्रह गरेको उनको भनाइ थियो । सरकारले लोकतन्त्रलाई राष्ट्रपति वा प्रधान सेनापतिको हातमा दिन खोजेको नेता भट्टराईले आरोप लगाउँदै उनले भने, 'सहमतिको विकल्प पनि जानेका छौं' उनले भने ।
मुलुकको नेतृत्व फेर्न दलहरु बीच लामो समयदेखि देखिएको बिबाद र गाँठो फुकाउन नसक्नुनै विवादको मुल जड रहेको उनले बताए । विगतको समयमा राजालाई मानेर बस्नेहरुले नै शान्ति र संविधान निर्माणलाई अवरोध पुर्याई रहेको उनले आरोप लगाए । 'सत्ता, शान्ति र संबिधानको बारेमा धेरैले टिकडम र जालझेल गर्दै छन्' उनले भने, 'टिकडम र जालझेल बिरुद्ध अब जनता सडकमा उत्रिनु पर्छ ।' जननिर्वाचित आफ्नो पार्टीको सरकारलाई षड्यन्त्र गरी सडकमा धकेलेर संबिधानसभालाई विघटन गर्ने योजनामा केही तत्वहरु लागेको उनको आरोप थियो ।
दुई ठाउँबाट निर्वाचन हारेका र जमानत जफत भएकाले सरकार चलाउने तथा शान्ति र संबिधानलाई निष्कर्षमा पुर्याउन नसक्ने उनको भनाई थियो । सरकारप्रति अत्यन्तै आक्रोसित देखिएका नेता भट्टराईले एक अर्को प्रसङगमा भने, 'बर्तमान सरकारका कारण लोकतन्त्र र संविधान निर्माण गम्भीर खतरामा परेको छ । समयमै हामीले आन्दोलन गरेर खबरदारी गरेका हौं ।' लोकतान्त्रिक गणतन्त्र संस्थागत, राष्ट्रिय स्वाधिनताको रक्षा, शान्ति स्थापना र संविधान निर्माणको लागि आफनो पार्टी आन्दोलन गरेको उनले ज।नकारी गराए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks