Loving nepal news

Monday, December 13, 2010

दुर्घटनामा घाइते शिक्षकको मृत्यु/ दाङका उच्च मावि बन्ददुर्घटनामा घाइते शिक्षकको मृत्यु/ दाङका उच्च मावि बन्ददुर्घटनामा घाइते शिक्षकको मृत्यु/ दाङका उच

दुर्गालाल केसी

दाङ, मंसिर २८ - सोमबार बेलुका भएको मोटरसाइकल दुर्घटनामा घाइते शिक्षक लक्ष्मीपुर गाविस ४ डाँडागाउँ निवासी ज्ञानेन्द्र पोख्रेलको उपचारका क्रममा राति मृत्यु भएको छ ।

घोराहीस्थित बिद्यानिलकण्ठ र पद्मोदय पब्लिक उच्च माविका शिक्षक पोख्रेलको मृत्यु भएपछि उहाँको शोकमा आज जिल्लाका सम्पूर्ण उच्च मावि बन्द भएका छन् । उच्च माध्यामिक बिद्यालय एशोसियशन र उच्च माध्यामिक सामुदायिक बिद्यालय तथा शिक्षक एशोशियसनको आह्वानमा जिल्लाका सबै निजी तथा सामुदायिक बिद्यालय बन्द भएका हुन् ।

घोराहीबाट लक्ष्मीपुरतर्फ जादै गरेको रा १ प १६३७ र लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ प ५७०५ नम्वरको मोटरसाइकल लमही घोराही सडक खण्डको कटुवाखोला नजिकै ठोक्किदा घाइते पोख्रेलको उपचारका क्रममा कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा ढिकपुर ५ पोखरा निवासी महेश केसीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घोराही नगरपालिका ११ निवासी बिशाल केसी र कपिलवस्तु घर भइ हाल बिद्युत प्राधिकरण घोराहीमा कार्यरत राहुल यादव घाइते भएका छन् । घाइते मध्य केसीको अवस्था गम्भीर रहेकाले राप्ती उपक्षेत्रिय अस्पत्ताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अर्का घाइते यादवको भने राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks