Loving nepal news

Monday, December 13, 2010

साहित्यकार गोठालेको निधन


कान्तिपुर संवाददाता

काठमाडौं, मंसिर २७ - साहित्यकार गोविन्दबहादुर मल्ल 'गोठाले'को ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनको उपचारकोक्रममा ज्ञानेश्वरस्थित हिमाल नर्सिङ होममा निधन भएको हो । उनी रक्तअल्पताबाट पीडित थिए ।

वि.स. १९७९ साल असार २६ गते ओमबहाल काठमाडौंमा जन्मिएका गोठालेले आएससीसम्म अध्ययन गरेका छन् । उनले पल्लो घरको झ्याल, भुसको आगो, प्रेम र मृत्यु, च्यातिएको पर्दा, भोको घरलगायतका कृति लेखेका छन् ।

गोठालले गोरखा दक्षिण बाहु, त्रिभूवन प्रज्ञा पुरस्कार, वेदनिधि पुरस्कार, भवानी साहित्यिक पत्रकारिता पुरस्कारलगायतका पुरस्कार, मान सम्मान तथा पदक पाएका छन् ।

गोठालेका दुई छोरा चार छोरी मध्ये एक जना छोराको निधन भएको छ । उनकी श्रीमतीको पनि गत वर्ष निधन भएको हो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks