Loving nepal news

Thursday, December 2, 2010

एक वर्षमा मोबाइलबाट चौतीस हजार एसएमएस

पानीट्याङ्की (मोरङ), मंसिर १६ - मोरङका दीपक फुँयालले एक वर्षमा आफ्नो मोबाइलबाट ३४ हजार एसएमएस पठाएका छन् । पत्रकार महासङ्घ मोरङका कार्यकारी सचिव रहेका दीपकले पत्रकारहरूलाई कार्यक्रममा आउने निम्तोदिन मोबाइलबाट एसएमएस पठाउने गर्दछन् ।

यसरी पत्रकारहरूलाई एसएमएस पठाउँदा उनले एकवर्षमा ३४ हजार एसएमएस पठाएका हुन् । मोरङका पत्रकारहरूलाई पत्रकार सम्मेलन वा कुनै औपचारिक कार्यक्रमबारे निम्तोदिन पहिले चिठीपत्र र टेलिफोनको प्रयोग गरिन्थ्यो । तर आजकल त्यस्तो चलन हटिसकेको छ ।

पत्रकार महासङ्घमा आएर पत्रकार सम्मेलन गर्नुपरेमा होस् या अन्यत्र कतै कार्यक्रम गर्नुपरेमा पत्रकार बोलाउने झन्झट आयोजकले लिनुपर्दैन ।

महासङ्घका कार्यकारी दीपकलाई दुई सय रूपैयाको सिम किनेर दिए वा पैसा हातलगाए सबै कार्यक्रमको बारेमा एसएमएसमार्फत निम्तो पुगिहाल्छ । अनि पत्रकारहरू पनि स्थान समय र कार्यक्रमको महत्वलाई हेरेर सहभागी हुने गर्दछन् । यसबाट आयोजकलाई हुने हैरानी पनि हटेको छ ।

पत्रकार महासङ्घले गत वर्षदेखि प्रति कार्यक्रम रु ५०० लिएर पत्रकार सम्मेलन या अन्य कार्यक्रम गर्न हल उपलब्ध गराउन थालेपछि पत्रकारहरूलाई बोलाउन कार्यकारी सचिव फुँयालले एसएमएस पठाएर पत्रकार बोलाउने जुक्ति निकालेका हुन् ।

यसरी पत्रकार बोलाउन थालेपछि बाहिर कार्यक्रम गर्ने आयोजकहरूले पनि आफ्ना कार्यक्रममा पत्रकार बोलाउन चिठी बाँड्ने र फोन नम्बर खोजेर आग्रह गर्नुभन्दा सोझै फुँयाललाई नै पत्रकार बोलाउनका लागि रु २०० जिम्मा लगाउने गरेका छन् ।

एकदिनमा चार–पाँचवटा कार्यक्रम पर्छ, त्यसैले एकदिनमै ३०० सम्म मोबाइलबाट एसएमएस पठाउने गरेको छु, कार्यकारी सचिव फुँयालले भने । उनले एसएमएस गर्नका लागि आफ्नो मोबाइलमा मोरङका सक्रिय ७० जना पत्रकारको फोन नम्बर राखेका छन् । रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks