काठमाडौं, पुस ५ - माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र पनि अन्तरसंघर्ष देखिएको छ । केन्द्रीय समिति बैठकमा आफ्ना पक्षका व्यक्ति नपरेको भन्दै चार केन्द्रीय सदस्यले बैठक बहिस्कार गरेका छन् ।
भोजपुरा राज्य समितिका केन्द्रीय सदस्य सन्तोष घिमिरेलगायत चार जनाले राष्ट्रिय सम्मेलनको बन्दशत्रमा नाम सुनाएर पारित भएका सरोज बठार र मुकेश साहको नाम पछि हटाएको भन्दै बैठक बहिष्कार गरेका हुन् । 'बन्दशत्रमा पढेर सुनाइएका केन्द्रीय सदस्यको नाम पछि हटाएको जानकारीमा आयो,' घिमिरेले भने, 'त्यसैले बैठक बहिष्कार गर्यौं ।' तर अध्यक्ष हिमाल शर्माले बन्दशत्रमा पारित सदस्यहरूको नाम चयन भएको बताए । 'बन्दशत्रमा पारित भएका नामहरू नै चयन भएका हुन्' उनले कान्तिपुरसँग भने, 'आफूले चाहेका व्यक्ति केन्द्रीय समितिमा पर्नुपर्छ भन्नु विधिसंवत छैनन् ।'
बैठकमा सहभागी निवर्तमान अध्यक्ष लेखनाथ न्यौपानेले घिमिरे केन्द्रीय सदस्य नै नभएको दाबी गरे । 'घिमिरे केन्द्रीय सदस्य नै होइनन्,' उनले भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks