अब्दुल्लाह मियाँ
काठमाडौ, मंसिर २६ - प्रधानमन्त्री चुनाव, अध्यादेश कार्यान्वयनलगायत गम्भीर विषय टुंगो लगाउन बाँकी भएको भन्दै नेताहरूलाई राजधानी नछाड्न आग्रह गरेका सभामुख सुवासचन्द्र नेम्वाङ आफैं जिल्ला दौडाहामा लागेका छन् ।
संसद् अधिवेशन अन्त्यलगत्तै नेताहरूलाई राजधानीमै रहन आग्रह गर्दै आएका सभामुखले आफ्नै सुझावको खिल्ली उडाउँदै २ सातायता ७ जिल्लाको भ्रमण गरेका छन् । उनको जिल्ला दौडाहाका अधिकांश कार्यक्रम संविधान निर्माणबारे होइनन् ।
गोष्ठी, महोत्सवजस्ता औपचारिक कार्यक्रम उद्घाटनकै लागि पछिल्लो १० दिनयता उनी काभ्रेको धुलिखेल, विराटनगर, इलाम, झापा, रूपन्देही, वीरगन्ज र सल्यान पुगे । मंसिर ९ मा मध्यपश्मिाञ्चल महोत्सव उद्घाटनका लागि सल्यान श्रीनगर जान लागेका नेम्वाङ मौसम खराबले हेलिकप्टर बस्न नसकेपछि ३ घन्टा आकाशमै उडेर काठमाडौं फर्किएका थिए ।
मंसिर १७ गते नेम्वाङ संवैधानिक कानुन व्यवसायी मञ्च र राष्ट्रिय मानव अधिकार आयोगले गरेको गोष्ठी उद्घाटन गर्न काभ्रेको धुलिखेल पुगे । त्यही अपराह्न विराटनगर पुगे । मंसिर १८ मा किराँत लिपिका प्रतिपादक श्रीजंगाको १०८ औं स्मृति दिवस उद्घाटन गर्न इलाम, लारुम्बा पुगे । त्यही दिन राष्ट्रसंघका राजनीतिक उपमहासचिव बी लिन पास्कोसँग भेट गर्न भद्रपुरबाट काठमाडौं फर्किए ।
झापाबाट फर्किएको ५ दिनपछि औद्योगिक महोत्सव उद्घाटन गर्न बुटवल गए । त्यहाँबाट फर्किएको दुई दिनपछि शनिबार नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद् उद्घाटन गर्न वीरगन्ज गए ।
'बिहान कार्यदल र दलहरूसँगको बैठक भ्याएर बेलुकीतिर मात्रै बाहिर निस्किएको छु,' कान्तिपुरसित शनिबार उनले भने, 'शान्ति र संविधानका लागि म जानु आश्चर्य होइन ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks