Loving nepal news

Sunday, December 19, 2010

प्रतिरोधको तयारी गर : दाहाल


कान्तिपुर संवाददाता

काठमाडौं, पुस ५ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'जनयुद्ध र जनआन्दोलनका उपलब्धि' अपरहण गर्ने प्रयत्न भएको भन्दै प्रतिरोधमा उत्रिन विद्यार्थी नेताहरूलाई निर्देशन दिएका छन् ।

अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकलाई आइतबार प्रशिक्षण दिँदै दाहालले सबै उपलब्धि अपहरण गर्ने प्रयत्न भए जनविद्रोहका लागि तयार हुनुपर्ने उल्लेख गरे । 'जनयुद्ध र जनआन्दोलनका उपलब्धि अपहरण गर्ने प्रयास भइरहेको छ,' दाहालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी निवर्तमान अध्यक्ष लेखनाथ न्यौपानले भने, 'प्राप्त उपलब्धि गुम्न नदिन विद्यार्थीले प्रतिरोध गर्नुपर्छ ।' अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै दाहालले आवश्यक परे विश्वविद्यालय पृतना र विद्यार्थी फौज हुनुपर्ने बताएका थिए ।

उनले पार्टीमा दुई लाइन संघर्ष जारी रहेको उल्लेख गर्दै संक्रमणकालीन कार्ययोजनामा भने नेताहरू सहमत भएको बताए ।

'पार्टीभित्र केही विषय टुंग्याउन बाँकी छ,' उनले भनाइ थियो, 'आगामी कार्ययोजनामा भने हामी सहमत छौं । उनले पार्टीमा 'अभिव्यक्तिमा स्वतन्त्रता र कामकारबाहीमा एकता' हुनुपर्ने बताए । पार्टीमा अन्तरसंघर्ष चले पनि विद्यार्थीको राष्ट्रिय सम्मेलन सहमतिमा टुंगिएकाले सन्तोष व्यक्त गरे ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks