Loving nepal news

Sunday, December 26, 2010

सत्तारुढ दलको अभिव्यक्तिप्रति माओवादीको आपत्ति/तीन दलको बैठकमा छलफल गरिने


कान्तिपुर संवाददाता

काठमाडौ, पुस ११ - माओवादीले सहमतिपछि संसदको अधिवेशन बोलाउने सत्तारुढ् दलको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई सत्ता लम्ब्याउने दाउको रुपमा लिएको छ । माओवादी स्थायी समितिको आइतबार बसेको बैठकले उक्त अभिव्यक्तिका विषयमा प्रमुख तीन दलको बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।

शनिबार सत्तारुढ दलहरुले शान्ति,संविधान र सरकारका विषयमा पूर्व सहमति गरेर मात्र संसदको नियमित अधिवेशन बोलाउन प्रधानमन्त्री माधवकुमार नेपाललाई सुझाव दिएको थियो । यसअघि तीन दलबीच तत्काल नियमित अधिवेशन बोलाउने भएको सहमति अनुसार विशेष अधिवेशन अन्त्य गरिएको थियो ।

माओवादी प्रवक्ता दीनानाथ शर्माले सत्तारुढ दलको अभिव्यक्ति सहमतिको भावना विपरीत आएको बताए । उनले यस विषयमा तीन दलबीच आइतबा बस्ने लागेको बैठकमा छलफल गरिने जनाए ।

'सत्तारुढ दलहरुको अभिव्यक्तिलाई काम चलाउ सरकारको आयू लम्ब्याउने रुपमा बुझेका छौं,'उनले भने-'यो आपत्ति जनक हो,जनतालाई ढाँटने कार्य हो ।' उनले संविधानसभाको म्याद थप्ने बेलामा ५ दिन भित्र प्रधानमन्त्रीले राजीनामा गर्ने सहमति भएपनि ३ महिनापछि मात्र राजीनामा आएको उल्लेख गर्दै त्यसरी सहमति उल्लंघन नहुने विश्वास व्यक्त गरे ।

माओवादी लडाकुलाई विशेष समितिको सचिवालय मातहत ल्याउने विषयमा सरकारले आफूहरुसंग छलफल नगरेको शर्माले बताए । उनले सरकार निर्माण प्रक्रियासंगै सेना समायोजनका कुरा लैजानुपर्ने बताए । 'संसदको अधिवेशनमा सरकार निर्माणका प्रक्रिया सुरु संगै समायोजनका प्रक्रिया पनि बढाऔं,'शर्माले भने ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाले शनिबार(हिजो) प्रधानमन्त्री माधव कुमारनेपालसँग भएको कुराकानीबारे ब्रिफिङ गरेका थिए । माओवादीको बैठक सोमबार पुनःबस्ने भएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks