Loving nepal news

Thursday, December 2, 2010

आधा लडाकु समायोजन गर्ने माओवादी प्रस्ताव * आधालाई पुर्नस्थापनामा लैजानुपर्ने


कान्तिपुर संवाददाता

काठमाडौं , मंसिर १६ - माओवादीले शिविरमा रहेका लडाकुमध्ये आधालाई समायोजन गर्ने प्रस्ताव विशेष समितिमा राखेको खुलासा गरेको छ ।

माओवादी पोलिटब्यूरो सदस्य एवम् डेपुटी कमाण्डर जनादर्न शर्माले आफ्नो पार्टीले हाल कायम रहेको लडाकुको आधा संख्या समायोजनमा पठाउने र आधालाई पुर्नस्थापनामा लैजाने नयाँ प्रस्ताव विशेष समितिमा राखेको खुलासा गरे । संख्याको कुरा ठूलो नभएकोले यसमा दलहरुवीच रहेको विवाद अन्त्य हुने उनको विश्वास थियो ।

'संख्या तोक्ने कुरा ठूलो होइन यो सहमतिमा तोक्न सकिन्छ । हामीले आधा समायोजन र आधा पुर्नस्थापनमा पठाउने प्रस्ताव गरेका छौं,' शर्माले बिहीबार रिपोर्टर्स क्लवमा भने । उनले प्याकेजमा राजनीतिक सहमति नबनुन्जेलसम्म माओवादी लडाकुको 'चेन अफ कमाण्ड' विशेष समिति मातहतको सचिवालयमा नजाने समेत स्पष्ट पारे ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks