Loving nepal news

Monday, December 6, 2010

संविधान निर्माणप्रति उच्च नेताहरु उदासिन/कार्यदलको बैठकमा दाहाल र खनाल अनुपस्थित


कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर २० - भावी संविधानमा देखिएको विवाद समाधान गर्न गठित उच्चस्तरिय कार्यदलको दोस्रो पटक थपिएको समयसीमा छ दिन मात्र बाँकी हुँदा पनि नेताहरु गम्भीर बन्न सकेका छैनन् ।

नियमित बैठक गरेर विवादहरु अन्त्य गर्ने भनिएपनि सोमबारको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल उपस्थित भएनन् । कार्यदलको संयोजक समेत रहेका दाहालले कार्यव्यस्तता देखाएर उपस्थित नभएका हुन भने एमाले अध्यक्ष खनाल विदेश भ्रमणमा छन् ।

राष्ट्रपति रामवरण यादव र सभामुख सुभाष नेम्वाङले समय छोटो रहेको भन्दै देश नछाड्न र नियमित बैठक गरेर विवादहरु टुङ्ग्याउन आग्रह गरेको भएपनि नेताहरु कोही विदेश भ्रमणमा गएका छन् भने कोही स्वदेशमै रहेर पनि बैठक उपस्थित भएनन् ।

असोज २५ गते गठित कार्यदलको दोस्रो पटक थपिएको समयसिमा सकिन छ दिन मात्र बाँकी रहेपनि अझैराज्यको पुनर्संरचना, शासकीय स्वरुप जस्ता मूल विवादित विषयमा प्रवेश गर्न सकेको छैन ।

सोमबारदेखि संबैधानिक समितिको प्रतिवेदनमाथि छलफल सुरु गरेपनि प्रमुख नेताहरुको अनुपस्थितिमा कुनै निष्कर्ष दिन सकेन । संबैधानिक समितिको प्रतिवेदनमा ९५ वटा विवादित विषयहरु छन् ।

सोमबार प्रस्तावनाका बारेमा छलफल भएको थियो । प्रस्तावनामा माओवादी सशस्त्र युद्ध, आदिवासी जनजाति तथा मधेस आन्दोलनलाई उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएपनि निष्कर्षमा पग्न सकेन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks