
नारायण शर्मा
चितवन, पुस १ - पूर्वयुवराज पारस शाह बिरुद्ध दर्ता भएको केही सार्वजनिक अपराध ऐन अन्तरगतको अभियोग पत्र सरकारी वकिल मार्फत अहिले जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएको छ । अब केही बेरमै जिल्ला प्रशासन कार्यालयका कर्मचारीले पारससंग बयान लिने भएका छन् । त्यसको सबै तैयारी पुरा भएको छ । यसैबीच पारसलाई वयानका लागि जिल्ला प्रशासन कार्यालयमा ल्याउने तयारी गरिएको छ ।
वयानपछि पारसका वकिल र चितवनका जिल्ला न्यायधिबक्ता गिता प्रसाद तिमिल्सीनाले प्रशासन कार्यालयमै बहश गर्ने भएका छन् । बहस सकिएपछि त्यसको केही बेरमै प्रमुख जिल्ला अधिकारी बसन्दराज गौतमले थुनछेक आदेश गर्ने छन । त्यस आदेशमा धरौटी वा तारिखमा पारसलाई छोडने सम्भावन छ । 'पारसलाई अब रिहा गर्न कानूनले रोक्दैन' उनका एक वकिलले ईकान्तिपुरसंग भने ।
जिल्ला प्रशासनमा दजनौ पत्रकारहरु जम्मा भएका छन् । पारशका सैयौ समर्थकहरु बाहिर सडकमा उभिएका छन् । उनको जयजयकार मनाउने तैयारीमा बसेका उनका समर्थकहरु फुल माला सहित सडकमा उभिएका छन् । एक हजार भन्दा बढी उनका समर्थकहरु तालिम केन्द्र र जिल्ला प्रशासनमा भेला भएका छन् । बिहीबार पुष १ गते पञ्चायती ब्यबस्थाको स्मरणमा भन्दै राप्रपा नेपालका कार्यकर्ताहरुपनि भेला भएको छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks