Loving nepal news

Wednesday, December 22, 2010

लनग्रेनलाई बुरुन्डीमा नियुक्ति


कान्तिपुर संवाददाता

काठमाडौ, पुस ८ - माओवादीले अनमिनको म्याद थप्ने लबिङ गरिरहेका बेला अनमिन प्रमुख करिन लनग्रेन बुरुन्डीस्थित राष्ट्रसंघीय मिसन प्रमुख नियुक्त भएकी छन् ।

राष्ट्रसंघीय महासचिव बान कि मुनले लनग्रेनलाई एक तह बढुवा गरी जनवरी १५ (पुस मसान्त) मा यहाँको मिसन सकिएलगत्तै बुरुन्डी मिसन प्रमुखको जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरेका हुन् । राष्ट्रसंघीय महासचिवकी प्रतिनिधि मात्र रहेकी लनग्रेन बढुवापछि सहायक महासचिवको तहमा उक्लिँदै महासचिवकी विशेष प्रतिनिधि बनेकी छन् ।

प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा अनमिन प्रमुखले आफ्नो बढुवा र नयाँ नियुक्तिबारे जानकारी दिएकी हुन् । 'प्रधानमन्त्रीसँगको भेटमा लनग्रेनले आफ्नो बढुवा र नयाँ नियुक्तिबारे जानकारी दिनुभयो । यसबाट पनि सुरक्षा परिषद् अब अनमिनको म्याद नथप्ने मनस्थितिमा पुगेको प्रस्ट भएको छ,' प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks