Loving nepal news

Saturday, December 4, 2010

आर्थिक तथा वाणिज्य नीतिमा सहमति जुट्यो


अब्दुलाह मियाँ

काठमाडौ, मंसिर १९ - नयाँ संविधान निर्माणमा राज्यका निर्देशक सिद्धान्त अन्तर्गतको आर्थिक तथा वाणीज्य नीतिमा दलहरूबीच सहमति भएको छ । उच्चस्तरीय कार्यदललको सिंहरबारमा आइतबार बिहान बसेको बैठकमा दलहरुबीच सहमति जुटेको हो ।

सार्वजनिक सहकारी र निजी क्षेत्रको स्वतन्त्र विकास तथा सहभागीता मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्दै जाने नीतिमा दलहरुबीच सहमति भएको कांग्रेस नेता रमेश लेखकले बताए । निजी क्षेत्रमा सार्वजनिक रुपले खुला राख्नु हुदैन भन्दै माओवादीले कसेको अडानमा अन्य दलहरुले नियन्त्रण नगरी खुला गर्नुपर्ने बताउँदै आएका थिए ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks