Loving nepal news

Wednesday, December 22, 2010

जनविद्रोह माओवादीको रहर मात्रः संचारमन्त्री


जनक नेपाल

नेपालगन्ज, पुस ८ - संचारमन्त्री शंकर पोखरेलले राष्ट्रिय सहमतिका लागि एमाले अधिकतम त्याग गर्न तयार रहेको बताएका छन् । उनले सहमतिकै लागि एमाले नेतृत्वको बहुमत प्राप्त सरकारले राजीनामा दिएको उल्लेख गर्दै उनले आलोपालो प्रणाली स्वीकार्ने हो भने एमाले अन्तिम चरणको पालो लिन तयार हुने बताए ।

माओवादीले शान्ति, संविधान र सहमतिको बाधक भएको मन्त्री पोखरेलले बताए । उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निस्त्रिmय पार्ने र संविधान नबन्ने भन्दै जनविद्रोहको तयारी माओवादीकै लागि प्रत्युपादक हुने उनले दाबी गरे । 'जनविद्रोह न जनताको चाहना हो, न त माओवादीको बाध्यता'- मन्त्री पोखरेलले भने,-त्यो माओवादीको रहर मात्र हो ।

माओवादीले हतियार र लडाकुलाई आफ्नो शक्तिको आधार ठानेकाले संविधान निर्माण नहुँदासम्म लडाकु शिविर राख्न चाहेको उनले बताए । 'अराजकता बढेर अस्तव्यस्त हुने अवस्थामा लडाकुबाट राज्यसत्ता हस्तक्षेप गर्न सकिन्छ भन्ने दिवा सपना देखेका छन'-मन्त्री पोखरेलले भने ।

माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले समेत शान्ति र संविधानको संभावना रहँदा-रहँदै जनविद्रोहको तयारी गर्नु गलत कार्यदिशा भनेकाले एमाले र काँग्रेसले गरेको आशंका पुष्टि भएको उनको भनाई दाबी छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks