Loving nepal news

Thursday, December 16, 2010

नेपाली म्यागेजिन युकेका १६ सय स्टोरमा


नवीन पोखरेल

लन्डन, पुस १ - नेपाली म्यागेजिन, त्यो पनि बेलायतको नामी स्टोरमा पर्यटन प्रवर्द्धनका लागि प्रकाशित हुँदै आएको 'हिमालयज्' नामक म्यागेजिन अब बेलायतको प्रख्यात बुकस्टोर 'डब्ल्यूएच स्मिथ' मा समेत उपलब्ध हुने भएको छ ।

हिमालयज नेपाल पब्लिकेसन्स्, जेट एयरवेज र वेष्ट-इष्ट ट्राभलको संयुक्त आयोजनामा पश्चिम लण्डनको ह्याम्मरस्मिथमा आयोजित एक भव्य समारोहका बीच बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले सो म्यागेजिन सार्वजनिक गरे । बेलायतमा विगत बार्‍ह वर्षदेखि पर्यटन प्रवर्द्धनका सामाग्री राखेर सो म्यागेजिन अंग्रेजीमा प्रकाशित हुंदै आएको छ । यसले विशेषगरी नेपालको पर्यटन गन्तव्य र विविध गतिविधिबारे विदेशी पर्यटकलाई जानकारी प्रस्तुत गरिरहेको छ ।

हिमालयज् नेपालका सम्पादक राजाराम गिरीले नेपालको पर्यटन प्रवर्द्धनका लागि म्यागेजिन डब्ल्यूएच स्मिथको १६ सय स्टोरबाट प्राप्त हुनु समस्त नेपालीहरुका लागि गौरवको विषय भएको जनाए । म्यागेजिन प्रतिष्ठित बुकस्टोरमा पुर्‍याउन धेरै मेहनत र खर्च गर्नुपरेको उनले बताए । साथै उनले यसै अंकबाट नेपाललाई मुख्य गन्तव्य मानेर तिब्बत, भुटान, सिक्किम र दार्जिलिङ समेत समेटी पब्लिकेसन्स्ले दक्षिण एसियालाई यस म्यागेजिन मार्फ जोड्ने प्रयास गरेको दावी गरे ।

सो अवसरमा 'नेपाल पर्यटन सांझ' समेत भएको थियो । राजदूत डा. चालिसेले र्'पर्यटन वर्ष२०११' को पर्ूवसन्ध्यामा यस किसिमको कार्यक्रमले भ्रमण वर्षसफल पार्न उत्साह थपेको बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks