
शिला पाण्डे
काठमाडौ, पुस १ - तारा एयरको दुर्घट्नामा परि मृत्यु हुने सबै यात्रु विदेशी नागरिक रहेको खुल्न आएको छ । उनीहरु सबै खोटाङको हलेसीमा तिर्थ यात्रा गरेर आएका थिए ।
उनीहरु मध्ये १८ जना भूटानी र एक जना अमेरिकी पासपोर्ट लिएका तिब्बती शरणार्थी रहेका छन् ।
तारा एयरको ९ एन-एएफएक्स नम्बरको जहाज बुधबार खोटाङको लामीडाँडाबाट काठमाडौं आउने क्रममा हराएको थियो । बिहीबार बिहान उक्त विमान ओखलढुङ्गामा दुर्घट्ना ग्रस्त भएको थियो । त्यसमा तीन चालक दलका सदस्य सहित सबै यात्रुको मृत्यु भएको थियो ।
आफ्ना नागरिकहरु दुर्घटनाम परेपछि भूटानबाट ९ जनाको एक उच्चस्तरिय टाली बिहीबार दिउँसो राजधानी आइपुगेका छन् । यसैबीच प्रधानमन्त्री माधवकुमार नेपालले दुर्घट्ना भइसकेको अबस्थामा उद्दार कार्यबारे पर्यटन मन्त्रालयसंग जानकारी लिएको थियो । प्रधानमन्त्रीले पर्यटनमन्त्री, कानुन, परराष्ट्रमन्त्री तिनैजनालाई बोलाएर भूटानलाई शव बुझाउने प्रकृयाका बारेमा पनि छलफल गरेका थिए ।
जहाजको टिकट काट्दा नेपाली नाममा काटेका कारण उनीहरुलाई पहिचान गर्न सुरुमा आप्ठ्यारो भएको थियो । विदेशीका लागि बढी पैसा लाग्ने भएपछि यी यात्रुले नेपाली नाम लेखाएको बताइएको छ । यात्रुमध्ये ९ जना पोतला गेष्ट हाउस ठमेलमा बसेको त्यहाँका व्यवस्थापक दिनेश तुलाधरले बताए ।
मारिनेहरु
मारिनेहरु:
छेडेक केल्साङ्ग (अमेरिकी पासपोर्ट होल्डर)
भुटानीहरु:
छेवाङ्ग केन्जिङ्ग
डेमा
सान्द्रुप
साङ्गघे
थिल्ने रिन्चिङ्ग
फु ग्याल्मा
केजाङ्ग दोर्जे
लन्जिङ् वाङ्गमो
फूब तेम
कुन्जाङ्ग वाङ्गमा
साङ्गगे बीदा
छेविङ्ग याङ्गकी
पेमा वाङ्गमो
छेरिङ्ग वाङ्गमो
दोर्जे बीदा
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks