Loving nepal news

Friday, December 31, 2010

स्वागतम् २०११


काठमाडौ, पुस १७ - नयाँ वर्ष मनाउनेको भीड बढेको छ । सौराहास्थित नेचर हेरिटेज लजका सञ्चालक दामोदर रेग्मीले लज भरिएपछि कोठा खोज्दै आउने धेरैलाई मूलगेटबाटै फर्काए । शुक्रबारै उद्घाटन गरिएको प्यागोडा शैलीको होटल मोनालिसा पहिलो दिनमै भरिभराउ भयो । 'कोठा सकिएकाले भुइँमै सुताउनुपर्ने भयो,’ सञ्चालक केशव खनालले भने । सौराहाका होटल र लजका दुई हजार कोठामात्र भरिएको छैन, बस्ने ठाउँ नपाएपछि हजारौं स्वदेशी तथा विदेशी पर्यटक राप्ती किनारमै रात बिताएर नयाँ वर्षको स्वागत गर्न बाध्य भए ।
पोखराका सडक, रेस्टुराँ र होटलमात्र होइन, फेवाताल किनारमा समेत विशेष कार्यक्रम भइरहेका छन् । ६ सय होटल भरिभराउ छन् । पानी परेर मौसम चिसो भए पनि नयाँ वर्षको उमंगले माहौल तातेको छ । पाँचतारेदेखि साना होटलसम्मले 'न्यु इयर इभ' मा राष्ट्रियस्तरका कलाकार ल्याएर लोकदोहोरी, लाइभ ब्यान्ड, डिजे सेसन, आधुनिक गीतलगायत कार्यक्रम गरे । चार दिनयता सबै क्षेत्रमा गरी अन्य दिनभन्दा १५ करोडभन्दा बढी व्यापार भएको अनुमान व्यवसायीको छ ।
सिमसिम पानी परे पनि साँझ छिपिँदै जाँदा शुक्रबार पोखराका सडकमा आन्तरिक र बाह्य पर्यटकको हूल थामिनसक्नुको थियो । रेस्टुराँ र डिस्को थेगहरूमा झुम्नेको भीड पनि उस्तै । खानपिन र रमाइलो गर्नेहरूको तामझाम झन् बेग्लै । अधिकांश 'ह्याप्पी न्यु इयर' भन्दै शुभकामना आदानप्रदानमा व्यस्त थिए । नयाँ वर्ष मनाउन विभिन्न जिल्लाबाट आएकाहरू पनि उत्तिकै थिए ।
उता चितवन सौराहाका नेचर हेरिटेज लजका सञ्चालक दामोदर रेग्मीले आन्तरिक पर्यटकले लज भरिएपछि कोठा खोज्दै आउने धेरैलाई मूलगेटबाटै फर्काउनुपर्‍यो । शुक्रबारै उद्घाटन गरिएको होटल मोनालिसाका सञ्चालक केशव खनाल हौसिएका थिए । प्यागोडा शैलीको होटल पहिलो दिन भरिभराउ भयो । 'भुइँमै सुताउनुपर्ने अवस्था भयो,' उनले भने, 'नेपाली, भारतीय र अमेरिकन छन् ।' नयाँ वर्षको पूर्वसन्ध्यामा सुरुआत गरेकाले पाहुनाका लागि खानपिनको व्यवस्था भने उनले गरेका थिए ।
मिस्टी नेपालका नवीन नेपालले बार्दलीमा बेलुन टाँग्दै भने, 'सबै रुम प्याक छन् ।' टाँगा चालक रामचन्द्र माझी खुसी थिए । धेरै पर्यटक आएपछि टाँगा दिनभर व्यस्त भयो । 'एक पटक सौराहा घुमाएको २ सय ५० दिए,' उनले भने, 'घुइँचो लाग्या छ ।' अन्तर्राष्ट्रिय हात्ती दौडको आयोजनाले थाकेका स्थानीय व्यवसायीले आराम गर्न भ्याएनन् । शुक्रबार दिनभर व्यवसायी सरसफाइ र सजावटमा व्यस्त भए । अधिकांश पुराना होटल नयाँ वर्षका लागि महिना दिनअघि बुक भइसकेका थिए ।
पोखराको लेकसाइड क्षेत्र झनै रंगीन बनेको छ । लेकसाइडका सडक, रेस्टुराँ र होटलमात्र होइन, फेवाताल किनारको वसुन्धरा पार्कमा पनि विशेष कार्यक्रम भइरहेको छ । बिहानैदेखि धुम्मिएर अपराह्नबाट एक्कासि पानी परेर मौसम चिसो भए पनि नयाँ वर्षको उमंगले माहौल तातेको छ ।
अघिपछि पनि राति अबेरसम्म चल्ने लेकसाइड चार दिनयता जाग्रामै छ । तालै छेउको मञ्चमा भएको सांगीतिक माहौल र सांस्कृतिक झाँकीले भीड बढाएको छ । नयाँ वर्षलाई स्वागतका लागि हुँदै आएको सडक महोत्सवले रौनक फेरिदिएको छ ।
पाँचतारेदेखि साना होटलसम्मले पाहुनालाई सन्तुष्ट दिन र नयाँ वर्ष उत्साह र उमंगका रूपमा मनाउन न्यु इयर 'इभ' मा राष्ट्रियस्तरका कलाकार ल्याएर लोकदोहोरी, लाइभ ब्यान्ड, डिजे सेसन, आधुनिक गीतलगायत कार्यक्रम गरिरहेछन् ।
होटल ग्रान्डमा धीरज राई र जुना प्रसाईं, सांगि्रलामा डिजे युवा, बाराहीमा शम्भुजित बाँस्कोटा, सुकमित गुरुङ, होटल फूलबारीमा नलिना चित्रकार लगायतको प्रस्तुति छ । होटलहरूले 'गाला डिनर' सहितको प्याकेजमा कार्यक्रम ल्याएका हुन् । नयाँ वर्ष शुभारम्भका लागि गरिएको कार्यक्रमको टिकटमा घुमफिर र खानपिनका उपहार पनि राखेर 'न्यु इयर इभ' विशेष रूपमा मनाउन लागिएको सेल्स एक्जुकेटिभ कमल शेरचनले बताए । 'आफ्नो होटलमा रहेका १ सय २० र थप एक सय विशेष अतिथिलाई बोलाएर डिजे म्युजिकले नयाँ वर्षको स्वागत गरेका छौं,' सांगि्रलाका फ्रन्ट अफिस सिनियर सुपरभाइजर श्याम गुरुङले भने ।
दशकअघिसम्म नयाँ वर्ष मनाउन पर्यटन व्यवसायी तथा अन्य पोखरेली भारतको गोवा सहर जाने गर्थे । 'तर अहिले देश-विदेशबाट पोखरामा आउन थालेका छन्,' पश्चिमाञ्चल होटल संघका अध्यक्ष विप्लव पौडेलले भने ।
'नयाँ वर्षको गन्तव्य पोखरा भइसकेकाले होटलले पनि त्यहीअनुसार विशेष कार्यक्रम गर्न थालेका हुन्,' उनले भने । उनले पोखरा सबै मौसममा उपयुक्त ठाउँ भइसकेकाले पनि नयाँ वर्ष मनाउनेको संख्या बढ्दै गएको बताए ।
'स्वर्गको टुक्राजस्तो ठाउँमा नयाँ वर्ष मनाउन पाउनु पनि भाग्य हो,' बागलुङबाट आएका दीपक पौडेलले भने, 'त्यहीमाथि सडक महोत्सव र अन्य गतिविधिले थप मनोरन्जन दिएको छ ।' गत मंगलबार सुरु सडक महोत्सवमा शुक्रबारसम्म साढे २ लाखजति आन्तरिक र बाह्य पर्यटक लेकसाइड भित्रिएको आयोजक रेस्टुराँ एन्ड बार एसोसिएसनका पूर्वअध्यक्ष तथा महोत्सवका संयोजक सूर्यबहादुर भुजेलले बताए ।
नयाँ वर्ष र सडक महोत्सवका कारण यहाँका पर्यटकीयस्तरका ४ सय २० सहित सबै साढे ६ सय होटल भरिभराउ छन् । 'धेरैजसो काठमाडांै, चितवन, हेटौंडा, वीरगन्ज तथा भारतको सिक्किम र दार्जिलिङबाट आएको पाएका छौं,' भुजेलले भने, 'तेस्रो मुलुकबाट पनि यसपटक पर्यटकको संख्या उल्लेखनीय रूपमा आएका छन् ।' चार दिनमा होटल, लज, रेस्टुराँ, एयरलाइन्स, तरकारीलगायतका सबै क्षेत्रमा १५ करोडभन्दा बढी व्यापार भएको अनुमान व्यवसायीको छ ।
राप्ती किनारमै रात क्षेत्रीय होटल संघका अनुसार शुक्रबार सौराहामा ३० प्रतिशत विदेशी आइपुगेका छन् । बाँकी ७० प्रतिशत आन्तरिक छन् । काठमाडांै र पोखराबाट धेरै आएका छन् । जिल्ला र आसपासबाट शुक्रबार बिहानदेखि आउन थालेका थिए । 'पहिलो पटक परिवारसहित नयाँ वर्ष मनाउन आएका हौं,' अपराह्न हात्ती सफारीबाट र्फकंदै गरेका कावासोतीका राजु सदाशंकरले भने, 'खानपिन र जमघट गरेर बिताउँछौं ।'
चितवन मेडिकल कलेजमा अध्ययनरत कवीन न्यौपाने दर्जन साथीसित अपराह्न राप्ती किनारमा गफिँदै थिए । यसपालि सौराहामा नयाँ वर्षका लागि विशेष कार्यक्रम नभएकाले साथीभाइ मिलेर खानपिन र रमाइलो गर्ने उनले बताए । नयाँ वर्षमा पर्यटक राति १२ बजेसम्म राप्ती किनारमा रमाउने गर्छन् । आगो ताप्दै नाचगान गरेर नयाँ वर्षको स्वागत गर्छन् । सडकमा दिउँसैदेखि स्वदेशी र विदेशी पर्यटकको भीड थियो ।
संघका अध्यक्ष शंकर सैंजूका अनुसार शुक्रबार होटल भरिभराउ छन् । 'दुई हजार बेड कम भए,' उनले भने, 'कोठा खाली छैनन् ।' टाढाका पर्यटकले बुक गरेका कारण जिल्लाभित्र र आसपासबाट आउनेले सडक र चौरमै रात बिताउने उनले बताए । 'रातभर क्याम्पफायर गरेर बिताउँछन्,' उनले भने, 'परिवार र साथीभाइसँग खानपिन गर्छन् ।' यसपालि फुड फेस्टिवल नभएकाले पर्यटकलाई खल्लो भएको बताए ।
संघका अनुसार शुक्रबार निकुञ्जभित्र २० जिपले सफारी प्रदान गरे । निजी ४३ हात्तीले ७ सय पर्यटक डुलाए । सैंजूका अनुसार यसपालि माहुते आन्दोलनका कारण नयाँ वर्ष तयारी प्रभावित भयो । आन्दोलन सकिएलगत्तै हात्ती दौडमा लाग्नुपरेको थियो । व्यवसायीका अनुसार यस वर्ष हात्ती दौड आइतबार सुरु भएर मंगलबार सकिएकाले आन्तरिक पर्यटकमा कमी देखिएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks