धरान, मंसिर १९ - सुनसरीको झुम्का सडकखण्डमा पर्ने सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरको पुलमा आज विहान साढे ५ बजे सडक दुर्घट्नामा परि एक महिलाको मृत्यु गएको छ ।
मृत्युहुनेमा विराटनगर - ७ बस्ने ३५ बर्षीय दीपा गुप्ता रहेको प्रहरीले जनाएको छ । पुर्वबाट पश्चिम जादै गरेको ना ४ ख ४२०६ नम्बरको यात्रुवाहक बसले को ८ प ६४१७ नम्बरको मोटरसाइकलमा सवार गुप्तालाई ठक्कर दिए पछि मृत्यु भएको हो ।
दुर्घट्ना पछि उनको उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा ल्याउँदै गर्दा बाटै मृत्यु भएको थियो । मोटर साइकल चालक रहेका मृतक गुप्ताका श्रीमान रवी गूप्ता भने सकुशल रहेका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks