लस एन्जल्स (एजेन्सी), मंसिर २२ - क्रिसमस आउन अझै दुई साताभन्दा बढी बाँकी छ । सेलेना गोमेज भने अहिलेदेखि उत्साहित भइरहेकी छन् ।
क्रिसमसमा परिवारसँग धीत मर्ने गरी समय बिताउने यी गायिका/नायिकाको योजना छ ।
'अ इयर विदआउट रेन' स्टारले भनिन्, 'काममा जति व्यस्त भए पनि क्रिसमसमा म परिवारसँगै बस्छु ।' आमाले क्रिसमसमा काम गर्न अनुमति नदिएको खुलाउँदै उनले थपिन्, 'आमाले धेरै कुरा गर्न दिनुहुन्न, यस्ता पर्वमा काम नगर्नु तिनैमध्ये एक हो ।'
मेक्सिकन मूलकी अमेरिकी गायिका सेलेनालाई फुर्सदमा खाना पकाउन मन लाग्छ । क्रिसमसमा किचेनमा उनको कौशल निखारिने सम्भावना छ । क्रिसमसमा उपहारहरू साटासाट गर्ने चलन भए पनि उनले परिवारबाट यसपालि त्यो अपेक्षा गरेकी छैनन् । 'मलाई आफू विश्वकै भाग्यमानी केटी हुँ भन्ने लाग्छ,' उनले भनिन्, 'त्यसैले क्रिसमसमा मैले केही चाहनुपर्छ जस्तो लाग्दैन ।' सेलेना 'ब्युटी विद ब्रेन' हुन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks