कान्तिपुर संवाददाता
काठमाडौ, मंसिर २४ - नयाँ संविधानका विषयमा रहेका विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा राष्ट्रिय झन्डा फेरबदल गर्ने/ नगर्नेबारे विवाद भएको छ ।
स्रोतका अनुसार बिहीबारको छलफलमा माओवादीले चन्द्रमामा रहेका ८ रेखालाई १२ बनाउने र सूर्यका किरणसमेत बढाउने प्रस्ताव राखेको छ । माओवादी नेता देव गुरुङले एकात्मक राज्य प्रणालीका बेला तय गरिएको झन्डाको रूप, रंग र आकारमा परिमार्जन आवश्यक रहेको बताए । छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने त्यस्तो प्रस्ताव आफूहरूलाई स्वीकार्य नभएको बताए । झन्डाविद्हरूले नेपालको झन्डा संसारकै नौलो र विशेष महत्त्वको रहेको बताउँदै आएका छन् । 'झन्डाको व्याख्या बदल्ने कुरा भएको छ,' लेखकलेे कान्तिपुरसँग भने, 'एकताको नयाँ परिभाषाका लागि परिवर्तन आवश्यक छ ।' कार्यदलमा राज्यको परिभाषालगायत विषयमा भने सहमति भएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks