कान्तिपुर संवाददाता
काठमाडौ, मंसिर २२ - सभामुख सुवास नेम्बाङले राजनीतिक दलहरूले गतिरोध अन्त्यका लागि तत्काल ठोस कदम चाल्ने विश्वास व्यक्त गरेका छन् । गत मंसिर ३ गते संसदमा भएको घटना पछि बढेको दूरी कम गर्दै गतिरोध अन्त्यका लागि दलहरू सक्रिय हुनेमा उनको विश्वास थियो ।
बुधबार बिहान रेडियो कान्तिपुरसँग कुरा गर्दै सभामुख नेम्बाङले पछिल्लो गतिरोध अन्त्यका लागि संसदको विशेष अधिवेशनको समायवधि पर्याप्त नहुने दाबी गरे । अधिवेशन कुनै एक विषयमा केन्द्रीत हुने भएकाले नियमित अधिवेशन आव्ह्रान गर्न सरकारसँग आग्रह गरे ।
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाइयोस भन्ने प्रस्ताव, आगामी बैठकमा प्रस्तुत हुने/नहुने विषयमा नियमावली मौन रहेकाले दलहरूबीच सहमति र छलफल आवश्यक रहेको उनको भनाई थियो ।
सभामुख नेम्बाङले उच्चस्तरीय कार्यदललले तोकीएकै मितिमा विवादित विषयमा सहमति जुटाउने विश्वास व्यक्त गरे ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks