Loving nepal news

Thursday, December 2, 2010

हतार छैन


लस एन्जल्स (एजेन्सी), मंसिर १७ - झन्डै सात वर्षसम्म डेटिङ गरेका बि्रटिस राजकुमार विलियम र गर्लफ्रेन्ड केट मिडलटनबीच आउँदो अपि्रलमा विवाह पक्का भएपछि लामो समययता रोमान्स गरिरहेका अरू सेलिबि्रटी जोडी पनि विवाहका लागि लालायित भएको हल्ला चल्यो । तर च्याम्पियन रेसिङ ड्राइभर लेविस ह्यामिल्टनसँग दुई वर्षयता वल्र्ड डेटिङ गरिरहेकी गायिका निकोल सेरजिन्गरलाई भने विवाह गर्ने चाहनाले अझै छोएको छैन । 'बेबी लभ' गायिकाले व्वाईफ्रेन्डसँग विवाह गरिहाल्न हतार नभएको बताएकी छन् ।

केहीयता निकोल र लेविसको रोमान्स थप गाढा देखिए पनि गायिकाले विवाह गर्ने योजना नभएको बताइन् । डेटिङको मजामै रमाइलो मानिरहेको बताउँदै उनले विवाह गर्न हतार नभएको प्रस्ट्याएकी हुन् । 'अहिले नै विवाह गर्दिनँ,' उनले भनिन्, 'हाललाई हाम्रो सम्बन्ध जस्तो छ त्यसैमा खुसी छौं ।'

गतवर्ष 'पुसिक्याट डल्स' ब्यान्डकी प्रमुख गायिका निकोलले लेविसलाई विवाहका लागि दबाब दिएको हल्ला चलेको थियो । त्यसैले केही समय उनीहरू छुट्टिएको अड्कल लगाइएको थियो । तर, केही समयपछि नै उनीहरूले फेरि डेटिङ सुरु गरे । गायनका साथै अभिनयमा पनि हात हालिरहेकी निकोलले व्वाईफ्रेन्डको ड्राइभिङ करिअर बुझ्न गाह्रो हुने बताउँछिन् । लेविसले प्रतिस्पर्धा गर्ने रेस-ड्राइभिङ प्रतियोगितामा साथ दिन विश्वको विभिन्न स्थान पुग्ने ३२ वषर्ीया अमेरिकी गायिकाले ड्राइभिङमा आफूलाई त्यति लगाव पनि नभएको खुलाइन् । तर पनि २५ वर्षे लेविसलाई आफ्नो 'पूर्ण साथ' रहेको उनी

थप्छिन् । 'उसको करिअर मैले बुझ्न नसके पनि म उसको सफलतामा गर्व गर्छु,' निकोलले व्वाईफ्रेन्डको प्रशंसा गर्दै भनिन्, 'म जहिले पनि उसको नम्बर एक फ्यान हुनेछु ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks