Loving nepal news

Thursday, December 16, 2010

विमान दुर्घटनामा मृत्यु भएका सवैको शव राजधानी ल्याइयो

काठमाडौं, पुस १ - ओखलढुंगाको श्रीचौरमा तारा एअरको विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका सवैको शव बिहीबार राजधानी ल्याइएको छ । दुर्घटनामा चालक दलका तीन सदस्य (नेपाली)सहित १८ भूटानी र एक अमेरिकी पासपोर्ट लिएका तिब्बती शरणार्थीको ज्यान गएको छ ।

सुरक्षाकर्मीले बिहीबार अपरान्ह नै मृत्यु भएकाहरुको शव संकलन गरेर राजधानी ल्याएको हो । अधिकांश शव पहिचान गर्न सकिने अवस्थामा रहेको जनाइएको छ । चालक दलका तीन सदस्यको भने पहिचान भइसकेको छ । सवै शवको बिहीबार नै शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदैछ ।

खोटाङ लामिडाँडाबाट बुधबार दिउँसो ३ बजेट ८ मिनेटमा काठमाडौंका लागि उडेको तारा एअरको विमान बिहीबार ओखलढुंगाको श्रीचौर- ९ तीनतलेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

८ हजार ९ सय १ फिटको उचाईमा रहेको दुर्घटनास्थ्लको भौगोलिक अवस्था हेर्दा विमान डाँडामा ठोक्किएर खसेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks