काठमाडौ, पुस १७ - फरक मत सञ्चारमाध्यममा राखेकामा उपाध्यक्ष बाबुराम भट्टराईमाथि 'कारबाही' को चर्चा चल्यो । के भट्टराईलाई कारबाही हुन लागेको सही हो ?
पुसको पहिलो साता केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक दस्ताबेजमाथि औपचारिक रूपमा फरक मत (नोट अफ डिसेन्ट) लेखेपछि उनले कान्तिपुरसँगको अन्तर्वार्तामा 'शान्ति र संविधानलाई मुख्य मुद्दा बनाएर अघि बढाउने विषयमा फरक मत' भएको बताए । त्यसपछि उनको यो अभिव्यक्ति पार्टीविरुद्ध भएको भन्दै दाहाल पक्षका नेताहरूले मंगलबार स्थायी समिति बैठकमा आपत्ति गरे र अनुशासको प्रश्न उठाए ।
'त्यो नियोजित प्रचार थियो' भट्टराई पक्षका एक नेताले कान्तिपुरसँग भने, 'पालुङटार बैठकले फरक मतलाई मान्यता दिइसकेको छ, त्यही विचार सञ्चारमाध्यममा आएका हुन् ।'
बैठकमा दाहाल निकट स्थायी समिति सदस्य गिरिराजमणि पोखे्रलले 'काम कारबाहीमा एकता अभिव्यक्तिमा स्वतन्त्रता' को पद्धतिलाई व्यवस्था गर्ने प्रश्न उठाएको उल्लेख गरे । 'माओवादी नेतृत्व त्यति मूर्ख छैन कि अहिले बाबुरामलाई कारबाही गरोस्' उनले भने, 'कारबाही गर्नुपर्यो भनेर बैठकमा प्रस्ताव आएको छैन ।'
भट्टराई निकट स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले भट्टराईलाई कारबाही नहुने बताए । 'बाबुरामजीलाई कारबाही हुने सम्भावना छैन' उनले भने, 'फरक मतलाई विधि र प्रक्रियाबाट हल गर्ने कुरा भएको
हो ।' मंसिर पहिलो साता गोरखाको पालुङटार बैठकमा 'जनवाद' (आन्तरिक लोकतन्त्र) को उच्च अभ्यास भइसकेकाले भट्टराईले फरक विचार सञ्चारमाध्यममा ल्याएर विवाद कायमै राख्न खोजेको देखिएको सचिव सीपी गजुरेलले बताए । उनले बैठकमा पद्धति बसालेर विवाद समाधान गर्ने कुरा उठेको तर भट्टराईलाई कारबाही गर्ने कुरा नभएको बताए ।
'सधैंभरि विवाद हुने हिसाबले बाबुरामजीले आफ्नो विचार कान्तिपुरबाट बाहिर नल्याएको भए हुन्थ्यो भन्ने हो,' उनले भने, 'उहाँलाई कारबाही गरेर पदबाट हटाउने कुरा होइन । पद्धति बसाल्ने कुरा भएको हो ।' भट्टराईले गत मंगलबार (पुस ६ गते) कान्तिपुरलाई अन्तर्वार्ता दिँदै शान्ति र संविधानको पक्षमा फरक मत दर्ज गराएको बताएका थिए । 'शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने र संविधानसभाबाट अग्रगामी संविधान बनाउने यसमै केन्दि्रत भएर काम गर्नुपर्छ भन्ने मत हो,' उनको भनाइ छ, 'यसबारे पार्टीभित्र फरक खालको सोचको विकास भएको हुनाले मैले आफ्नो विचारलाई फरक रूपमा दर्ज गर्न आवश्यक ठानेँ ।'
तत्काल भट्टराईमाथि कारबाही हुने सम्भावना नभए पनि त्यसका लागि 'आधारभूमि बनाएको' हुनसक्ने भट्टराई पक्षको बुझाइ छ । त्यसअघि अनुशासनको 'डन्डा' लगाउन आगामी केन्द्रीय समिति बैठकमा दाहाल पक्षका नेताहरूले भट्टराईको चर्को आलोचना गर्ने तयारी गरेका छन् । भट्टराई पक्षका नेताको त्यसको प्रतिवाद गर्ने गृहकार्य जारी छ । भट्टराईको निरन्तर आफू निकट नेताहरूसँगको परामर्श र जिल्ला नेतालाई दिएको निर्देशनले त्यसको संकेत गर्दछ ।
बैतडीमा बुधबार भट्टराई पक्षका नेताहरू कुटिएको विषयलाई उनले गम्भीर रूपमा लिएको उनी निकट स्रोतले जनाएको छ । 'आफ्नो विचार लिएका कार्यकर्ताको सुरक्षा र रक्षाका लागि उहाँ (भट्टराई) गम्भीर हुनुहुन्छ,' उनी निकट एक नेताले भने । दाहाल पनि तत्काल भट्टराईविरुद्ध कारबाही थाल्ने पक्षमा छैनन्, तर उनी अन्य उपायबाट 'नियन्त्रण गर्न' चाहन्छन् । किन कि उनले दाहाललाई दोस्रोपटक 'खुला चुनौती' दिएका छन् । त्यसले दाहालले 'शक्तिशाली अध्यक्ष पदलाई चुनौती' दिएको महसुस गरी नियन्त्रणको उपाय खोज्न थालेको नयाँबजार स्रोतले जनाएको छ । आगामी केन्द्रीय समिति बैठकमा अनुशासनका लागि आफ्नो अनुकूल विधि बनाउने तयारी गरेका छन् र अर्का उपाध्यक्ष मोहन वैद्यको संयोजकत्वमा गठित अनुशासन आयोगलाई सक्रिय बनाउने सोचाइमा छन् ।
भट्टराईले २०६१ को रोल्पाको फुन्टिबाङ बैठकमा दाहालविरुद्ध १३ बुँदे असहमति राखेका थिए, जसका कारण उनी कारबाहीमा परेर 'जनसेना' को घेरामा थुनिएका थिए । अहिलेजस्तै उनले पार्टीमा दुई लाइन संघर्षलाई व्यवस्थित गर्न र नेतृत्व केन्द्रीकरणको प्रश्न उठाएका थिए । कारबाही पर्नुअघि त्यतिबेला पनि उनले कान्तिपुरमा 'पार्टीमा राजारजौटा प्रवृत्ति' भएको सारको लेख लेखेका थिए । संयोग त्यस्तै पर्यो हाल पनि कान्तिपुरमा अन्तर्वार्ता आएपछि उनीमाथि कारबाहीको चर्चा चलेको छ ।

No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks