कान्तिपुर संवाददाता
काठमाडौ, मंसिर २७ - समान्य विषयमा पूर्व युवराज पारस शाहले कांग्रेस नेतृ सुजता कोइरालाको छोरी ज्वाईं माथि गोली चलाएको सन्दर्भमा कांग्रेस सभापति कोइरालाले राजनीतिक भेटघाट गरेका छन् ।
पारसमाथि हुनसक्ने कारबाही लगायत सन्र्दभमा सभापति कोइरालाले सोमबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेको बुझिएको छ । मुख्य दल तथा सरकारसँग छलफल गरी पारस माथि कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष सहित कोइरालाले परामर्श थालेको स्रोतको भनाई छ । अध्यक्ष दाहाललाई भेट्न कोइराला बिहान नयाँ बजार स्थित दाहाल निवास पुगेका थिए ।
पूर्व युवराज पारसले शनिबार राति चितवनको टाइगरटप्स होटलमा कोइरालाका छोरीज्वाईं रुवेल चौधरीमाथि गोली चलाएका थिए । राजतन्त्र उन्मुलनको विषय जोडेर कोइरालाका परिवार सदस्यमाथि पारसले गोली चलाएको विषयलाई कांग्रेसले गम्भीरता पूर्वक लिएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks