Loving nepal news

Wednesday, December 22, 2010

सानिया इंगेज्ड


लस एन्जल्स (एजेन्सी), पुस ८ - हरेक वर्ष भ्यालेन्टाइन डेमा उनका प्रेमगीतहरू घन्किन्छन् । 'फ्रम दिस मोमेन्ट अन', 'यू आर स्टिल द वान', 'फरएभर एन्ड फर अल्वेइज' जस्ता सदाबहार लभसङ गाएर विश्वभर रुचाइएकी सानिया ट्वाइनको आफ्नै प्रेमकहानी पनि फेरि खुसीयालीले भरिएको छ । भ्यालेन्टाइन डे नजिकिँदै गर्दा गायिकाले ब्वाइफ्रेन्ड फ्रेडरिक थिबउडसँग इंगेजमेन्ट गरेकी छन् ।

'म प्रेममा परेकी छु,' सानियाले आफ्नो वेबसाइटमा लेखेकी छन्, 'फ्रेडरिक मेरो सबभन्दा मिल्ने साथीबाट प्रेमीमा बदलिएको छ । इंगेजमेन्ट गरेर हामी थप खुसी छौं ।' उनले आफ्नो खुसी फ्यानहरूसँग नयाँ वर्ष र क्रिसमसको समयमा बाँड्ने मौका पाएकोमा खुसी व्यक्त गरिन् ।

क्यानडेली कन्ट्री म्युजिक गायिका सानिया र स्विस मूलघर भएका व्यवसायी फ्रेडरिक वर्ष दिनदेखि डेटिङ गरिरहेका थिए । फ्रेडरिकले गायिकालाई ४५ वषर्ीया गायिकालाई दुई महिनाअघि विवाह प्रस्ताव गरेका थिए । केही दिनअघि मात्र सार्वजनिक स्थलमा गायिकाले इंगेजमेन्ट रिङ लगाएको देखिएपछि उनीहरू विवाहको तयारीमा रहेको खुलेको हो । न्युयोर्कस्थित एक रेस्टुरेन्टमा खाना खाइरहेका उनीहरू धेरै खुसी देखिएको प्रत्यक्षदर्शीले बताए ।

दुई वर्षअघि पूर्वपति म्युजिक निर्माता रोर्बट 'मट' लान्ज र सानियाको बेस्टफ्रेन्ड तथा सेक्रेटरी म्यारी एनबीच विवाहेत्तर सम्बन्ध रहेको खुलेपछि गायिकाको १४ वर्षे वैवाहिक जीवन अन्त्य भएको थियो । म्यारी एन फ्रेडरिकको पूर्व पत्नी हुन् । आ-आफ्नो जीवनसाथीले विवाहेत्तर सम्बन्ध राखेर धोका दिएपछि उस्तै पीडाबाट पीडित यी दुई नजिकिएका थिए । धोकाले दिएको घाउमा मल्हम लगाउन एक-अर्कालाई सहयोग गर्दा नजिकिएर राम्रा साथी बनेका उनीहरूको सम्बन्ध २००९ मा रोमान्समा बदलिएको थियो ।

एक-अर्काका साथ पाएर फेरि प्रेममा खुसी भेटेका सानिया र फ्रेडरिकको इंगेजमेन्टदेखि उनीहरूका साथी पनि खुसी छन् । 'सानियालाई त्यति खुसी कहिल्लै देखिएको थिएन,' गायिकाको साथी स्टेफनी लागोनिकोले भनिन्, 'उनीहरूले आखिरमा एक-अर्काको जीवनलाई रंगीन खुसीयालीले भर्न सही जीवनसाथी पाएका छन् ।' आफ्नो साथीले भेटेको यो नयाँ खुसीयालीमा उनी धेरै खुसी रहेको समेत थपिन् ।

पाँच पटकसम्म ग्रामी अवार्ड जित्न सफल गायिकाले केही वर्षयता नयाँ गीतहरू रेकर्ड नगरेकी भए पनि आउँदो वर्ष उनी निकै व्यस्त हुनेछिन् । हाल, सानिया यात्रा-व ृत्तचित्रको छायांकनमा छिन् । 'ह्वाई नट ? विद सानिया ट्वाइन' नामक सो कार्यक्रम ओप्रा विन्फ्रेको नयाँ टेलिभिजन नेटवर्क 'ओन' मा देखाइनेछ । त्यसका साथै, आउँदो वसन्तऋतुमा उनको अटोबायोग्राफी प्रकाशित हुँदै छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks