Loving nepal news

Friday, December 3, 2010

शान्ति प्रक्रिया निष्कर्ष पुर्‍याउन गम्भीर होऔःपास्को


लोकमणि राई

काठमाडौ, मंसिर १८ - राजनीतिक मामिलासम्बन्धी राष्ट्रसंघीय उपमहासचिव वी लिन पास्कोले शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याउन सबै पक्षले गम्भीर भएर लाग्नु पर्ने बताएका छन् ।

शनिबार विहान कांग्रेस सभापति सुशिल कोइरालासंग उनकै निवास महारागंजमा भएको भेटमा पास्कोले छलफल उपयोगी र मैत्रिपूर्ण भएको भन्दै आफूले शान्तिप्रक्रियालाई अझ गम्भीर ढंगले अघि बढाउनु पर्नेमा जोड दिएको बताए । भेटमा उनले हालसम्म भएका शान्ति प्रक्रिया उपलब्धीलाई सबै पक्षले अधिकतमरुपमा उपयोग गर्नु पर्ने जोड दिएको बताए । भेटमा सहभागी नेता रामशरण महतले अनमिन राख्ने विषयमा छलफल नभएको तर राष्ट्रसंघ अन्तर्गतको कुनै बलियोग निकायले नेपालको शान्पि प्रक्रियालाई अनुगमन गर्ने विषयमा छलफल भएको बताए । करीब आघा घण्टा भएको छलफलमा शान्तिप्रक्रियमा भएको ढिलाईबारे पनि पास्कोले चासो व्यक्त गरेका थिए ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks