काठमाडौं, मंसिर १८ - गायक भक्तराज आचार्य लाईफ टाईम एचिमेन्ट अवार्डबाट सम्मानित भएका छन् । बिन्ध्यावासिनी म्युजिक कम्पनीले शुक्रबार राजधानीमा आचार्यलाई 'बिन्ध्याबासिनी म्युजिक लाईफ टाईम एचिभमेन्ट अवार्ड'बाट सम्मान गरेको हो । लामो समयदेखि क्यान्सर पीडित गायकलाई दोसल्ला ओडाई ५० हजार रुपैयाँ नगद पनि गरियो ।
भजन शिरोमणिको रुपमा समेत चिनिने आचार्यका 'मुटु जलिरहेछ...', 'माया मेरी...', लगायत थुप्रै गीत चर्चित छन् । साँढे तिनदशक अघिदेखि गायन शुरु गरेका आचार्यको क्यान्सरका कारण २०४९ मा जिब्रो काट्नु परेको थियो । त्यही बर्षदेखि उनी बोल्न नसक्ने अवस्थामा छन् ।
नेपाली संगीतमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान दिइएको अवार्डका सायोजक सुवास रेग्मीले बताए । कार्यक्रममा विभिन्न २७ विधामा यस वर्षको 'बिन्ध्यावासिनी म्युजिक अवार्ड' पनि प्रदान गरिएको थिया, जसमा आचार्यकै गायक छोराद्धय सत्यराज र स्वरुपराजले पनि विभिन्न विधाका अवार्ड हात पारे । सत्यले 'मनोकामना साक्षी राखेर...' गीतबाट सुगम संगीत गायकको अवार्ड जिते भने स्वरुपले पाश्र्व गायन पुरुष र युगल गायन गरि दुइटा अवार्ड पाए ।
अन्जु पन्तले बर्षकै सर्वाधिक चर्चित गीतको अवार्ड थापिन् । हेमन्त रानाले पपसंगीत गायक र यही गीतको म्युजिक भिडियोबाट बिदूर पाण्डेले उत्कृष्ट छायांकारको अवार्ड पाए । लोकदोहोरी, संगीत संयोजन, गीत रचना, म्युजिक भिडियो निर्देशक, सम्पादन लगायतका एक दर्जन विधामा अवार्ड वितरण गरिएको थियो । राजेश पायल राईले गीत गाएर उदघाटन गरेको कार्यक्रम संगीतमय बनेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks