वीरेन्द्र केसी
अर्घाखाँची, मंसिर १६ - गाउँमा मोटर बाटो खन्ने विषयमा विवाद भएपछि कांग्रेसका कार्यकर्ता थुनिएका छन् । जिल्लाको धातीवाङ्ग गाविसको गाउँमा स्थानीय सडक निर्माण गरिरहेका बेला स्थानीय राजनीतिक दलबीच कुरा नमिल्दा माओवादी निकटका दलितहरुले कांग्रेसका पुर्व गाउँ समितिका सभापसतिसहित नौ जनालाई नियन्त्रणमा लिएर बुधवार दिउँसो साढे २ बजेदेखी गाउँकै एक घरमा थुनेर राखेका छन् ।
थुनिनेमा कांग्रेस धातीवाङ्ग पूर्व गाउँ सभापती डिलाराम पौडेल, सचिव गोविन्द पौडेल, कार्यकर्ता नारायण पौडेल, मनिराम पौडेल, जग्गाधनी कृष्ण प्रसाद पौडेल, एमाले कार्यकर्ता कृष्ण प्रसाद पौडेल स्थानीय गाउँले शालिकराम पौडेल, भीम बहादुर रास्कोटी र रुक्मागत पौडेल रहेका छन । गाविसको एक लाख र जिविसबाट ५० हजारको छुटाउने सर्तमा पहिले नै मोटरबाटो खनिएको हो ।
धातीवाङ्ग माविदेखि बोखर आर्डेन हुदै दर्मीलेपोखरासम्म करिब एक किलोमिटर सडक खन्दा गाउँलेको घर र खेतबारी मासिने किसिमले डोजर लगाउन थालेपछि गाउँलेले कसैको नोक्सान नहुने गरि साईडबाट लैजान अनुरोध गर्दा माओवादी धातीवाङ्ग शुक्रेटरी चोपलाल पौडेल कार्यकर्ता थानिश्वर पौडेल, रुक्मागत पौडेलको नेतृत्वमा स्थानीय दलित र महिलाहरुले आफुहरुलाई टुक बहादुर दमैको घरको सानो कोठामा थुनेर राखेको काग्रेस धातीवाङ्ग पूर्व गाउँ सभापति डिलाराम पौडेलले जनाकारी दिए । छलफल गर्न भनि बोलाएर माओवादीले घरमा थुनेर राखेको बताउँदै १५ दिनसम्म थुन्ने धम्की दिएका छन ।
माओवादीले कांग्रेस कार्यकर्ता र गाउँको घर जग्गा मासिने गरी जबरजस्ती आफनो स्वाथ्र्य पुरा गर्न सहमती विना मोटरबोटो खन्ने गरिरहेको बेला त्यसो नगर्न भन्दा धम्क्याउँदै आफुहरुलाई थुनेर राखेको पौडेलले टेलिफोनमा बताए । कोठामा दिसा पिसाब गर्न जान समेत दिएका छैनन् । हिजोदेखि भोकभोकै बसेको उनले बताए ।
कांग्रेस कार्यकर्तालाई माओवादीले विकास निर्माणको विषयमा नियन्त्रणमा लिएर थुन्दा समेत कांग्रेसको जिल्ला नेतृत्वले चासो नदिएको गुनासो गरे । धेरै पौडेल परिवार रहेको धातीवाङ्गमा काग्रेसको बाहुल्यता रहेको छ ।
कांग्रेस जिल्ला सभापति कमल प्रसाद भुसालले विवादलाई सहमतीमा मिलाइने बताए । माओवादी जिल्ला ईन्जार्च चन्द्र बहादुर खड्काले माओवादीले थुनेको नभई स्थानीय गाउँलेले मोटरबाटो खन्न रोक लगाउँदा गाउँलेले थुनेको बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks