Loving nepal news

Friday, December 31, 2010

माओवादी र एमालेलाई सरकार बनाउन कोइरालको चुनौति


विराटनगर, पुस १७ - कांग्रेस सभापति सुशिल कोइरालाले माओवादी र एमाललेलाई विधि अनुसार सरकार गठन गरेर देखाउन चुनौति दिएका छन । माओवादी र एमालेको दोहोरो भूमिकाले सरकार गठन हुन नसकेको दावी गर्दै कोइरालाले शनिवार उनीहरुलाई त्यस्तो चुनौति दिएका हुन ।
प्रेस यूनियन मोरङले आयोजना गरेको भेटघाट कार्यक्रममा कोइरालाले आफ्नो नेतृत्वमा सरकार वनाउने माहौल पनि नवनाउने र अर्कालाई समर्थन पनि नगर्ने माओवादी र एमालेको दोहोरो चरित्रका कारण सरकार गठन हुन नसकेको दावी गरे । उनले माओवादी र एमालेले सरकार गठन गरेर देखाए कांग्रेस प्रतिपक्षामा वसेर सहयोगीको भूमिका खेल्ने वताए । उनले दुई दलले विधि अनुसार सरकार गठन गरे कांग्रेसले त्यसलाई राष्ट्रिय सहमतिको सरकार मान्ने वताए ।
कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिने र उम्मेदवार प्रति पुर्नविचार पनि नहुने उनले दोहोर्‍याए । 'कांग्रेसले उम्मेदवारी फिर्तापनि गर्दैन र अरुको इसरामा व्याक्ति पनि फेर्दैन', उनले भने माओवादीलाई कांग्रेसको फलान फलानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउ भन्ने नैतिक अधिकार छैन । यो उसको कांग्रेस भित्र विवाद ल्याउने कार्डमात्र हो ।'
संविधानसभाको निर्वाचन पछि माओवादी र एमालेको नेतृत्वमा गठीत दुवै सरकार असफल भएको कोइरालाको भनाई थियो । प्रचण्ड जीको नेतृत्वको सरकार नौ महिनामै असफल भएर प्रचण्डले आफै राजीनामा गरे । त्यस्तै एमालेको नेतृत्वको सरकार पनि असफल भएर राजीनामा दिईसकेको छ । अव कांग्रेसको पालो आएको छ । कोइरालाले भने तर माओवादी र एमाले कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिदै दिदैनन् ।
शान्ति प्रक्रियाको नेतृत्व कांग्रेसले गरेको हो । अव त्यसलाई टुंगोमा पुर्‍याउने नेतृत्व पनि कांग्रेसलेनै गर्नुपर्छ । कोइरालाले भने मुलुकलाई वर्तमान संकटवाट मुक्त गराउन कांग्रेस वाहेक अरुले सक्दैनन् । दुई दलले नेतृत्व गरेका सरकारले मुलुकलाई निकास दिएनन् । कोइरालाले भने यही अवस्था रहिरहे मुलुक असफल राष्ट्र घोषीत हुने स्थिती छ । यदी मुलुक असफल राष्ट घोषीत भए यी दुई दल वढी जिम्मेवार हुने उनको भनाई थियो ।
लोकतन्त्रको पुच्छर समातेर बैतडी तरेको माओवादीले वहुलवाद नमान्नु भनेको उसको राजनैतीक वेइमानी हो । कोइरालाले भने लोकतन्त्र मान्ने तर त्यसको आर्दश, सिद्धान्त र मान्यतालाई मान्दिन भन्नु अधिनायकवाद हो । लोकतन्त्रको सिद्धान्त, आर्दश र मूल्य भनेकै वहुलवाद हो । कोइरालाले भने माओवादीले वहुलवादलाई आफनो डिस्नेरीमा राख्न आग्रह गरे ।
अनमिन फिर्ता गए मुलुकमा कुनै विकराल समस्या नआउने कोइरालाको भनाई थियो । 'अनमिन फिर्ता जाँदा माओवादीले अकास र्झछ जस्तो ठान्दै छ,'उनले भने-'माओवादी जहिले पनि डराउने र धम्क्यानउने कुरामात्र गर्छ । अनमिन फिर्ता गएपछि सवै दल जिम्मेवार वन्नेछन ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks