Loving nepal news

Monday, December 6, 2010

पेट्रोलियम पदार्थको मुल्य बढ्यो


कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर २० - नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एल्पी ग्यासको मल्यमा वृद्धि गरेको छ । निगमको सोमबार बिहान बसेको बोर्ड बैठकले पेट्रोल, मटि्टतेल, र डिजेलको मुल्यमा प्रतिलिटर ३ रुपैयाँले मुल्य वृद्धि गरेको हो । निगमले ग्यासमा सबैभन्दा बढी प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएको छ ।

अन्र्तराष्ट्रिय स्तरको मुल्य समायोजनका साथै सरकारले बजेट मार्फत कर बढाएकाले मुल्य वृद्धि गर्नु परेको निगमका कार्यकारी निर्देशक दिगम्बर झाले बताए । मुल्य वृद्धि पछि पनि ग्यासमा प्रतिसिलिण्डर १ सय ९२ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा घाटा हुने निगमले जनाएको छ ।

हवाई इन्धनमा प्रति लिटर ११ र प्रेट्रलमा २ रुपैयाँ नाफा हुने भए पनि घाटा पूर्तीका लागि सो रकम पर्याप्त नहुने निगम प्रमुख झाले बताए । उनका अनुसार मुल्य वृद्धि पछि पनि निगमले मासिक १७ करोड रपैयाँ घाटा व्यहोर्नु पर्नेछ । यसअघि निगम प्रति महिना ४३ करोड घाटामा थियो । अन्तराष्ट्रिय बजारमा झण्डै पाँच महिना अघि पेट्रोलियम पदार्थको मुल्यमा प्रतिव्यारेल १६ रुपैयाँ डलरले मुल्य वृद्धि भएको थियो । हाल अन्र्तराष्ट्रिय बजारमा पेटा्रेलियम पदार्थको मुल्य प्रति ब्यारेल ८८ देखि ९० डलर छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks