Loving nepal news

Monday, December 13, 2010

पारसको निसानावाट धन्न बाँचे, खुदालाई धन्यवाद : रुबेल चौधरी


नारायण शर्मा

दुम्कौली (नवलपरासी), मंसिर २७ - पुर्व युवराज पारस शाहको गोली प्रहारवाट जोगिएका उपप्रधानमन्त्री सुजाता कोइरालाका छोरी ज्वाई रुवेल चौधरीले बिनाकारण आफुहरुमाथि गोली प्रहार गरिएकोमा चिन्ता ब्यक्त गरेका छन् ।

'निकुन्जको टाईगरटप्स होटलमा परिवार र साथीहरुसंग बसेका थियौं । एक्कासी पारसले राजतन्त्र सिध्याउनमा कोइराला परिवारको हात छ भन्दै पिस्तोल निकालेर गोली चलाए' ईकान्तिपुरसंगको संक्षिप्त कुराकानीमा उनले भने, 'खुदाले मलाई बचाए । धन्य छ म र मेरो परिवार बाच्न सक्यौ । निकै खुसी छु ।'

उनले आफ्नो पारससंग कुनै दुष्मनी नभएको पनि बताए । चौधरीका अनुसार पारसले एक्कासी पेस्तोल तेर्साएर जंगल घुम्न हिड् भनेपछि आफुले परिवारसंग छुट्टी मनाउन आएको भन्दै हात जोडेर इन्कार गरेको बताएका छन् ।

'मेरो उनीसंग कुनै दुस्मनी पनि थिएन । म उनलाई राम्ररी चिन्दापनि चिन्दीन थें । मलाई उनको कुनै सरोकारै थिएन' चौधरीले भने, 'पेस्तोल तेर्साएर वनतिर हिंड भने । मैले हात जोडेर जान नसक्ने बताएँ । एक्कासी हवाई उनले फायर गरे । धन्न बाँचें ।' हिन्दीमा बोल्दै उनले आफनो नितान्त पारिवारिक निजी भ्रमणमा भएको दुःखदायी घटनाले आफु र परिवारलाई स्तब्ध पारेको बताउ ।

घटनापछि नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योग ग्राममा एक रात बिताएर सोमबार बिहान हेलिकप्टरवाट राजधानी गएका छन् । उनले घट्ना सम्झिंदा अझै पनि आफु कामीरहेको बताए । उनले आफु परिवार र साथीहरुसंग छुट्टी मनाउन होटलमा पुगेका बताए । 'अरु म केही भन्न सक्ने अबस्थामा छैन्' चौधरीले भने, 'हामी सबै बाँच्यौ खुदालाई धेरै धन्यवाद ।'

बंगलादेशी मुस्लिम परिवारका चौधरी, छोरा मोहिम चौधरी र उनकी श्रीमती मेलानी रोजा जोष्ट कोइराला (सुजाताकी छोरी) र अन्य दुई साथीका साथ टाइगरटप्समा पुगेका बेला त्यही रहेका पुर्व यूवराज पारसले अत्याधिक मदिरा सेवन गरी गोली चलाएका थिए । राजतन्त्र फ्याँकिएपछि विभिन्न स्थानको भ्रमण तथा धार्मिक कार्यहरुले केही छबि सुध्रिएको अनुमान गरिएका पारसको यस घटनापछि बानी नसुध्रिएको टिप्पणी हुन थालेको छ । निकुन्जभित्र गोली चलाउन नपाईने क्षेत्रमा हवाइफायर गरेपछि उनलाई कानुनी कारबाही हुनुपर्ने माग समेत उठेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks