
मुम्बई (एजेन्सी), पुस २ - यी दुवै तस्बिरका मुहार बलिउड नायिका सोनाक्षी सिन्हाका हुन्, जो हालै दर्शकले ब्लकबस्टर फिल्म 'दबङ'मा सलमान खानकी प्रेमिकाका रूपमा देखिएकी थिइन् । फिल्ममा सालिन ढंगमा पूरा शरीर कपडाले ढाकिएर देखिएकी सिन्हा पछिल्लो समयमा भने 'फोटोसप' कमालको सिकार भएकी छिन् ।
दायाँको विकिनी तस्बिरमा देखिएकी उनलाई पछिल्लो समय नखाएको विष लागेको छ । इन्टरनेट सञ्जालबाट उक्त फोटो सार्वजनिक भएपछि समस्यामा परेकी सिन्हा ढिलै भए पनि आफ्नो वास्तविक फोटोबाट टाउको काटेर अर्कैको शरीरमा लगेर जोडिएको थाहा पाएपछि भने राहतको सास फेरेकी छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks