Loving nepal news

Tuesday, December 7, 2010

विशेष अधिवेशनका लागि माओवादी साना दलहरुसंग छलफलमा


गंगा बीसी

काठमाडौ, मंसिर २१ - संसदको विशेष अधिवेशनको पक्षमा माओवादीले लविङ सुरु गरेको छ । उसले आफ्नो पक्षमा सहमति जुटाउन मंगलबार संसदमा प्रतिनिधत्व गर्ने साना दलहरुसंग छलफल गरेको छ ।

राजनीतिक गतिरोध अन्त्यका लागि तत्काल विशेष अधिवेशन बोलाउनुपर्ने माओवादीले प्रस्ताव गरेको छ । अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई आव्हान गर्न उसले हस्ताक्षर अभियानसंगै दलीय छलफल सुरु गरेको छ । पार्टी संसदीय दलको कार्यालयमा जारी छलफलका लागि मधेशी जन अधिकार फोरम,जनमुक्ति पार्टी, जनता दल,नेकपा एकीकृत,नेपाल राष्ट्रिय पार्टी,माले समाजवादी,सदभावना (सरिता गिरी) लगायत १० दल सहभागी छन् ।

सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएपछि माओवादीले आपत्ती जनाएको छ । उसले विशेष अधिवेशनको माग गरेको छ ।

बैठकमा सहभागी भएर निस्केका फोरम अध्यक्ष उपेन्द्र यादवले नियमित अधिवेशन बोलाउनुपर्ने पक्षमा सुझाव दिएको जनाए । विशेष अधिवेशनले समस्याको समाधान नगर्ने उनले बताए । उनले पहिले राजनीतिक सहमतिको आवश्यकता रहेको उल्लेख गरे ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks