कान्तिपुर संवाददाता
काठमाडौ, मंसिर २६ - अखिल क्रान्तिकारीको अध्यक्षमा हिमाल शर्माको सम्भावना बढेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनलाई क्रान्तिकारीको भावी नेतृत्वका रुपमा अनुमोदन गरिसकेको उच्च स्रोतले उल्लेख गर्यो । यसअघि उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच शर्मालाई अध्यक्ष बनाउने अनौपचारिक सहमति भएको थियो । हाल संगठनको महासचिव र त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति रहेका शर्माले सशस्त्र द्वन्द्वका बेला सेनाको भैरवनाथ गणमा चरम यातना पाएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks