Loving nepal news

Thursday, December 30, 2010

सुजिना मिस नेवाः


कान्तिपुर संवाददाता

काठमाडौ, पुस १६ - महिलालाई आरक्षण कि समान अधिकार ? ललितपुर जावलाखेलकी सुजिना शाक्यले समान अधिकारका पक्षमा तर्कपूर्ण जवाफ दिएर बिहीबार मिस नेवाः २०१० को उपाधि हात

पारेकी छन् ।

उनलाई निर्णायकमण्डलले सोधेको थियो, 'महिलाका लागि समान अधिकार भन्ने कुरा उठिरहेको छ, अर्कोतिर 'लेडी फस्ट' भन्ने मान्यता पनि छ । दुईमध्ये कुन ठीक हो ?' नेवारीमा उनले उत्तर फर्काएकी थिइन्, 'लेडिज फस्ट भन्ने मानसिकता नारीहरूको कमजोर मनस्थितिको उपज हो । महिला तथा पुरुष समान मानसिक, शारीरिक र आत्मिकशक्ति भएका प्रकृतिका स्वरूप हुन् । अधिकार र अवसर दुवैले समान रूपमा पाउनुपर्छ । भेदभाव हुनु हुँदैन ।'

मुलुकभरका ३६ प्रतियोगीलाई उछिनेर उनले यस वर्षको मिस नेवाःको ताज पहिरेकी हुन् । मिस नेपाल भाषाको ताज पनि उनैले जितिन् । यससँगै उनले २५ हजार रुपैयाँ र गिफ्ट ह्याम्प्ार प्राप्त गरिन् । महाराजगन्जकी लसता श्रेष्ठ फस्ट रनर अप र ठहिटीकी निशा शाक्य सेकेन्ड रनर अप घोषित भए । दुवैले क्रमशः २० हजार र १५ हजार रुपैयाँसँगै गिफ्ट ह्याम्पर पाए ।

नेवारी संस्कृति प्रवर्द्धन ध्येयले आयोजित प्रतियोगितामा दीपिका श्रेष्ठ मिस ट्यालेन्ट, श्वेता बज्राचार्य मिस पर्सनालिटी, अरिना तुलाधर मिस चार्मिङ, दिया व्यञ्जनकार मिस फ्रेन्डसिप, सुजना प्रजापती मिस फोटोजेनिक, निशा श्रेष्ठ बेस्ट हेयर, उरुषा तुलाधर बेस्ट स्किन, सोनी मानन्धर मिस डिसिप्लिन, श्रीभा जोशी बेस्ट स्माइल, प्रवीना महर्जन भ्युअर च्वाइस घोषित भए ।

पाँच सुन्दरीलाई विभिन्न जिल्लाका एम्बासडर पनि घोषणा गरियो । स्याङ्जाका लागि पूजा श्रेष्ठ, पोखराका मञ्जिन रञ्जितकार, धुलिखेलका लागि दीपा सोंजू, बनेपाका लागि सुवी कायस्थ र मकवानपुरका लागि मीरा बलामी छानिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks