न्यु इयरमा नो डान्स
मुम्बई (एजेन्सी), मंसिर २० - नववर्ष नजिकिँदै जाँदा बलिउड सुपरस्टारहरूको व्यस्तता बढ्दै गएको छ । 'किङ खान' शाहरुखदेखि बलिउडकी 'बार्बी डल' कटि्रना कैफसम्म नयाँ वर्षको सन्दर्भमा हुने विभिन्न कार्यक्रममा धनी दर्शकलाई मनोरञ्जन दिएर बैंक ब्यालेन्स बढाउने दाउमा छन् । तर, यी सबै जमातबाट नेसनल अवार्ड विजयी नायिका पि्रयंका चोपडा भने टाढै बसिरहेकी छन् ।
स्रोतका अनुसार 'दोस्ताना' स्टार पि्रयंकाले नयाँ वर्षको अवसरमा गरिन लागेको कार्यक्रममा नृत्य नगर्ने बताएकी हुन् । पाँचतारे होटलका सञ्चालकहरूले नववर्षको दिन आफ्ना धनाढ्य ग्राहकलाई मनोरञ्जन दिन नायिकालाई नृत्यको लागि आग्रह गरेका थिए । उनीहरूले पूर्व विश्वसुन्दरीलाई तीन घन्टाको पर्फमेन्सका लागि तीन करोड रकम दिने बताएका थिए । तर, नायिकालाई त्यति धेरै रकमले पनि तान्न सकेन ।
एउटा फिल्म गरेबापत डेढ करोड रकम लिने पि्रयंकालाई होटल मालिकले नयाँ वर्षमा मात्र तीन घन्टाको पर्फमेन्सका लागि झन्डै दोब्बर रकम दिँदा पनि नायिकाले नृत्य गर्न रुचि देखाइनन् । 'उनले सम्मानका साथ अफर अस्वीकार गरिन्,' स्रोतले बतायो, 'प्रत्यक्ष्य रूपमा दर्शकको अगाडि नृत्य गर्न असजिलो लाग्ने कारण दिएकी थिइन् ।' यस्तो अफरलाई नकार्नुमा नायिका आफ्नो इमेजप्रति संवेदनशील रहेको हुनसक्ने अड्कल लगाइएको छ ।
पि्रयंकाले यस्ता प्राइभेट पार्टीमा नृत्य गर्न नमानेकी भए पनि अरू बलिउड स्टारहरू भने तम्तयार छन् । 'तीस मार खान' मा आइटम गर्लको भूमिका गरिरहेकी नायिका कटि्रना र 'मुन्नी बदनाम हुई...' आइटम गीतबाट बलिउड तताएकी मलाइका अरोराले नयाँ वर्षमा प्रस्तुति गर्ने पक्कापक्की भैसकेको छ । सहारा होटलको नयाँ वर्ष सेलिब्रेसनमा उनीहरूले नृत्य गर्दै छन् । कटि्रना र मलाइका दुवैले सो प्रस्तुतिका लागि अढाई करोड रकम समेत पाउने बताइएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks