Loving nepal news

Friday, December 24, 2010

किन लोभ्याउँछ सुन्दर अनुहारले ?



कान्तिपुर संवाददाता


काठमाडौ, पुस १० - सुन्दरता हेर्ने व्यक्तिको आँखामा हुन्छ । क्यानाडामा गरिएको नयाँ अनुसन्धानले के प्रमाणित गरेको छ भने सुन्दर व्यक्ति छोटो भेटमै अर्को व्यक्तिमा गहिरो छाप छोड्न सफल हुन्छ ।

भ्यानकुभरस्थित बि्रटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार मानिस शारीरिक रूपले राम्रो देखिने व्यक्तिको व्यक्तित्व पहिचान गर्न उसमाथि बढी ध्यान दिन्छ ।

अध्ययनकर्ता जेरमी बिसान्जका अनुसार यसअघिका अनुसन्धानले मानिसलाई राम्रो देखिने व्यक्ति अन्य व्यक्तिको दाँजोमा बढी बुद्धिमान्, साथीजस्तै र प्रतिस्पर्धी लाग्थे । नयाँ अध्ययनअनुसार मानिस ती व्यक्तिलाई बढी ध्यान दिन्छन् जो उनीहरूलाई आकर्षक लाग्छन् ।

अनुसन्धानको उद्देश्य एक व्यक्तिको सुन्दरता अन्यलाई उसको व्यक्तित्व पहिचान गर्ने क्षमतालाई प्रभावित गर्छ वा गर्दैन भन्ने जान्नु थियो ।

अनुसन्धानमा ७५ भन्दा बढी महिला र पुरुष सामेल गरिए । उनीहरूलाई ५ देखि ११ समूहमा बाँडेर ३ मिनेटसम्म कुराकानी गर्ने मौका दिइयो ।

हरेक भेटपछि सहभागीहरूले आफ्नो साथीको आकर्षण र उसको व्यक्तित्वको ५ प्रमुख गुणका आधारमा आँकलन गरे । सबैले आफ्नो व्यक्तित्वको समेत आकलन गरे । अनुसन्धाताहरूले यस्तो पाए कि ती व्यक्तिको व्यक्तित्वलाई बढी आकलन गरियो जो उनीहरूलाई आकर्षक लाग्यो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks