कान्तिपुर संवाददाता
काठमाडौ, मंसिर २१ - पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका छन् । आन्दोलित विद्यार्थीहरुले राजधानीको विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेका छन । चावहिल क्षेत्र विद्यार्थीको प्रदर्शनले तनावग्रस्त बनेको छ । त्यहाँ एउटा सरकारी गाडीमा आगजनी गरिएको छ । आक्रोशित विद्यार्थीहरुले बा.१.झ ३४१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । प्रहरीले ८ जना प्रदर्शनकारी विद्यार्थीलाई पक्राउ गर्नुका साथै आन्दोलन नियन्त्रणमा लिन लाठि चार्ज पनि गरेको छ । विद्यार्थी र प्रहरीबीच दोहरो ढुङ्गा हानाहान भएको छ । प्रहरीले अश्रृग्याँस प्रहार गरेको छ । पशुपति क्याम्पस चावहिलमा संचालित स्नातक दोस्रो वर्षको परीक्षा प्रभावित भएको छ ।
नेपाल आयल निगमले सोमबारबाट खाना पकाउने ग्यास प्रति सिलिण्डरमा ७५ रुपैयाँ तथा मट्टितेल,डिजल र पेट्रोलमा प्रति लिटर ३/३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks