काठमाडौ, मंसिर २० - विकिलिक्सले पछिल्लो पटक सार्वजनिक गरेको अमेरिकी विदेश विभागको दस्तावेजले नेपालमा अन्तरराष्ट्रिय आतंकवादी संगठन लस्कर ए तोइवाको संजाल (सदस्य)हरु रहेको दावी गरेको छ ।
बीबीसी अनलाइनको हिन्दी संस्करणले उल्लेख गरेको समाचारमा लस्कारका शफीक खफाले दक्षिणी भारतमा आफ्नो दस्ताका दुई समुह बनाउन चाहेको र त्यसमा भारत, पाकिस्तान, श्रीलंका र नेपालमा रहेका लस्करका सदस्यहरुसंग सहयोग लिने योजना बनाएको उल्लेख छ ।
लस्करको सहयोगमा नेपाली माओवादीले भारतीय माओवादीलाई प्रशिक्षण दिएको आरोप भारतीय संस्थापनाले लगाइ रहेकै बेला विकिलिक्सले सार्वजनिक गरेको अमेरिकी गोप्य स्तावेजमा यस्तो विवरण आएको हो ।
नेपालको गृह मन्त्रालय र माओवादीले भने यसअघि नै लस्करको सहयोगमा भारतीय माओवादीलाई नेपाली माओवादीले प्रशिक्षण दिएको भन्ने भारतीय भनाइलाई खण्डन गरिसकेको छ ।
झण्डै डेढ वर्षअघि विभिन्न गुप्तचर निकाय मार्फत संकलन गरेको सूचनाका आधारमा अमेरिकाले यस्तो गोप्य दस्ततवेज तयार पारेको समेत विकिलिक्सले दावी गरेको छ । लस्करले भारतमा गुजरातका मुख्य मन्त्री नरेन्द्र मोदीको हत्या योजना बनाउने क्रममा नेपालका सदस्यहरुबाट सहयोग लिने योजना बनाएको समाचारमा उल्लेख छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks