काठमाडौं, मंसिर १६ - 'सीएनएन हिरो- २०१०' विजेता अनुराधा कोइराला बिहीबार अपरान्ह स्वदेश फर्किएकी छन् । उनलाई त्रिभूवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
कोइराला मंसिर ५ गते 'सीएनएन हिरो २०१०' घोषित भएकी थिइन् । संयुक्त राज्य अमेरिकाको लसएन्जल्समा आयोजित एक भव्य समारोहमा विश्वभरका १० समाजसेवीमध्येबाट अनुराधा 'सीएनएन हिरो' घोषित भएकी थिइन् ।
नेपाल आइपुगेलगत्तै अनुराधाले आफ्नो सम्मानले मुलुककै प्रतिष्ठा बढेको प्रतिक्रिया दिइन् । 'यो मेरो निःस्वार्थ लगनशीलताको प्रतिफल हो, त्यतिमात्र होइन समग्र मुलुककै जीत पनि हो,' उनले भनिन् ।
अनुराधालाई स्वागत गर्न त्रिभूवन विमानस्थलमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायत उपस्थित थिए । तर सरकारी अधिकारी भने उपस्थित थिएनन् ।
अनुराधाले आफूले सरकारी अधिकारीले स्वागत गरुन् भनेर अपेक्षा पनि नगरेको बताइन् । 'तपाईंहरु आउनुभएकै छ, सरकारी व्यक्तिहरु आइदिए नै हुन्थ्यो भन्ने पनि थिएन,' उनले भनिन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks