Loving nepal news

Wednesday, December 22, 2010

मिस नेवा ट्यालेन्ट शो


कान्तिपुर संवाददाता

काठमाडौ, पुस ७ - मिस नेवा-२०१० का प्रतियोगीहरू ट्यालेन्ट शोका लागि मंगलबार स्टेज उक्ले । होटल हिमालयमा आयोजित शोमा धेरैले नेवारी संस्कृति र रीतिरिवाज आधारित नृत्य गरे, केहीले गीत र नाटक पस्के ।

नेवारी संस्कृति सम्वर्द्धनको उद्देश्यसाथ गरिएको प्रतियोगिताका लागि नेपाल र भारतका गरी ३६ प्रतियोगी भिडिरहेका छन् । यीमध्ये एकलाई मिस ट्यालेन्टको उपाधि दिन ट्यालेन्ट शो गरिएको हो । निर्णायकमण्डलमा निर्णय श्रेष्ठ, गौरवमान श्रेष्ठ, सुरज वाङेल, सचिन श्रेष्ठ, चन्द्रमान मुनिकार, डा. घनश्याम खतिवडा लगायत थिए ।

आयोजक फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार निणर्ायकमण्डलको निर्णय पुस १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने फाइनल प्रतियोगितामा सुनाइनेछ ।

पोखरामा पनिनेवारी संस्कृति र भाषाको उत्थानका लागि पोखरामा पनि मिस नेवाः सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

माघको तेस्रो साता हुने प्रतियोगितामा १६ देखि २५ वर्ष उमेर समूहका ३० जना नेवारी युवतीहरूको सहभागिता रहने आयोजक नेवाः खलः पोखराले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पहिलोपटक हुन लागेको प्रतियोगिताबाट हुने आम्दानी पोखराको भीमसेन टोलमा रहेको नेवारी समुदायको नमुना घर निर्माणका लागि खर्चिने आयोजक समितिका अध्यक्ष प्रकाशमान पालिखेले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks